काठमाडौँ – भारतमा गत २४ घण्टामा ३ हजार ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ७ हजार ५१ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार २२१ जना रहेको छ । त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४७ लाख ७६ हजार ४१६ रहेको छ । तीमध्ये ३ करोड ४२ लाख १५ हजार ९७७ जना निको भइसकेका छन् । यस्तै ४ लाख ७९ हजार २१८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-