काठमाडौं – हाम्रो भान्सामा दैनिक प्रयोग हुने चिज हो लसुन। हामिले खासमा लसुनलाई तरकारीमा स्वादको लागी प्रयोग गर्ने गर्छौं । औषधीय गुणले भरिपूर्ण लसुन हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । लसुन काँचो भन्दा पनि भुटेको राम्रो मानिन्छ ।
भुटेको लसुन खानाले हाम्रो पेटको समस्या समाधान गर्छ । भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । भुटेको लसुनले चिसोबाट पनि बचाउछ ।
यसको सेवनले हाम्रो शरिरलाई परजिवीहरु र किराहरुबाट बचाउँछ । यसले मधुमेह, डिप्रेशन र क्यान्सर लगायतका धेरै समस्याबाट टाढा राख्छ ।
भुटेको लसुनले शरिरको रक्तचापलाई पनि सही ठाउँमा राख्छ । यदि दाँतको दुखेको छ भने भुटेको लसुनलाई पिसेर दाँतमा राखेमा दुखाई कम हुन्छ । लसुनमा भएको ऐलीसिनले पुरुषको सेक्स हर्मोनलाई सन्तुलनमा राख्छ ।
यसको सेवनले हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन । भुटेको लसुन सेवन गरेमा थकान पनि मेटाउछ ।
प्रतिक्रिया लेख्नुहोस्:-