काठमाडौं – भारतका एक व्यापारीको घरबाट ठुलो रकम बरामद भएको छ । कानपुरस्थित आनन्दपुरीका एक व्यापारीको घरबाट १ सय ५० करोड नगद बरामद गरिएको हो ।
भारतिय मिडियाका अनुसार कर छली गरेको आरोपमा आनन्दपुरीका कन्नौजका ठूला पफ्र्यूम व्यापारी पियुष जैनको घरमा छापा मार्दा उक्त रकम बरामद गरिएको हो ।
उक्त रकम ३६ घण्टा लगाएर आयकर र जीएसटीका अधिकारीहरुले फेला पारेका हुन् । जैनको घरमा १ सय ५० करोड नगद गन्न ६ वटा मेसिन प्रयोग गरिएको छ ।
बरामद गरिएको उक्त रकम स्टेट बैकमा लगिएको भारतिय मिडियामा बताइएको छ । रकम गन्न लागेको तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा मानिसहरुले मेसिनबाट पैसा गनिरहेको देखिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-