काठमाडौं : काठमाडौंबाट एक जना युट्युबर पक्राउ परेका छन् । साथीभाई अनलाइन टिभी नामक युट्युब च्यानलका संचालक रामबहादुर मल्ललाई काठमाडौंस्थित अनामनगरबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।
उनलाई आफ्नो युट्युब च्यानलमा अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारणगरी विद्युतीय कारोबार ऐन-२०६३ अन्र्तगतको कसुर गरेकोले काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको प्रहरी आज एक विज्ञप्ति सार्वजनिक गरेर जनाएको हो ।
बाग्लुङ्गको निसीखोल गाउँपालिका-१ पाखापानीका मल्ललाई आइतबार पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्यादथप गरी अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-