काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १२ लाख ८ हजार ९ सय ५० कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड ३१ लाख ५९ हजार ४ सय ९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ५ सय २९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ३० हजार ३ सय २० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९७ हजार ४ सय २२ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २५ करोड १७ लाख ९४ हजार ४० कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ४१ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड ४१ लाख ४५ हजार ४ सय ७० पुगेको छ । यस्तै अमेरिकामा ४ करोड १३ लाख २४ हजार ४ सय ६४ कोरोना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-