काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४८ लाख ८ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८० हजार ३ सय २० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ५० जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४२ लाख ४३ हजार ९ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८३ हजार ८ सय २ रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-