बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

८८ वर्षअघि कलकत्तामा अत्याधुनिक प्रविधि प्रयोग गरेर भएको हत्या जसले पूरै विश्व हल्लायो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस १४, २०७८ १७;२८ मध्यान्ह प्रकाशित
८८ वर्षअघि कलकत्तामा अत्याधुनिक प्रविधि प्रयोग गरेर भएको हत्या जसले पूरै विश्व हल्लायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सन् १९३३ नोभेम्बर २६ तारिखको कुरा हो जब खादी अथवा घरमा बुनिएको कपडा लगाएका एक व्यक्ति कलकत्ताको भिडभाडयुक्त हावडा रेलवे स्टेशनमा उभिरहेका युवा जमिनदार अमरेन्द्र चन्द्र पाण्डेयसँग ठोक्किएर अगाडि बढे। २० वर्षीय अमरेन्द्रलाई दुख्यो र केहीले घोचे जस्तो महसुस भयो। लगभग चिच्याउँदै अमरेन्द्रले भनेः “कसैले मलाई केही चिजले घोचेर गयो।”

अमरेन्द्र आफ्ना केही आफन्तसँग पारिवारिक साम्राज्य रहेको पाकुड (अहिले झारखण्डमा पर्ने क्षेत्र) गइरहेका थिए। घटनापछि उनले आफ्नो यात्रा जारी राख्ने निर्णय गरे। तर केहीले घोचे जस्तो थाहा भएपछि सँगै भएका आफन्तहरूले उनलाई कलकत्तामै बसी रगत परीक्षण गराउन सुझाव दिए। त्यही बेला अचानक रेलवे स्टेशन आइपुगेका अमरेन्द्रभन्दा १० वर्ष जेठो उनका सौतेनी दाइ बेनोयेन्द्रले त्यसलाई सामान्य घटना भन्दै अघि बढ्न भने।

आठ दिनपछि मृत्यु
तीन दिनसम्म ज्वरोले च्यापिरहेपछि अमरेन्द्र कलकत्ता फर्किए। परीक्षणका क्रममा त्यहाँ एकजना चिकित्सकले उनको पाखुरामा सुईले घोचेको देखे। अमरेन्द्रलाई ज्वरो बढिरह्यो र उनलाई सुजन भयो अनि फोक्सोमा समस्या भएको सङ्केत देखिन थाल्यो। डिसेम्बर ३ मा अमरेन्द्र कोमामा गए र त्यसको भोलिपल्ट बिहान उनको मृत्यु भयो। चिकित्सकहरूले उनको मृत्यु निमोनियाका कारण भएको बताए।

तर मृत्युपछि आएको प्रयोगशाला रिपोर्टबाट उनको रगतमा प्लेग गराउने यर्सिनिआ पेस्टिस नामक ब्याक्टेरिआ भएको थाहा भयो। मुसा तथा उपियाँबाट फैलने प्लेगका कारण भारतीय उपमहाद्वीपमा सन् १८९६ देखि १९१८ को बीचमा एक करोड २० लाख मानिसले ज्यान गुमाइसकेका थिए।

त्यसपछि सन् १९२९ देखि १९३८ को अवधिमा प्लेगबाट ज्यान गुमाउने मानिसको सङ्ख्या करिब पाँच लाख रह्यो। अमरेन्द्रको मृत्युभन्दा तीन वर्ष अघिसम्म कलकत्तामा प्लेगको एउटा पनि घटना देखिएको थिएन। जमिनदार परिवारका उत्तराधिकारीको यो सनसनीपूर्ण हत्याकाण्डले ब्रिटिश साम्राज्य भएको भारत र त्यहाँभन्दा टाढा रहेकाहरूको समेत ध्यान तान्यो।

विश्वभरिका पत्रपत्रिकामा त्यो घटनाबारे लगातार समाचार छापिए। कतिपयले त्यसलाई “आधुनिक विश्वमा व्यक्तिगत जौविक आतङ्कवादको शुरूवाती घटना” भने। टाइम म्यागजिनले त्यसलाई “जर्म मर्डर अर्थात्‌ कीटाणुद्वारा गरिएको हत्या” को सङ्ज्ञा दियो। सिङ्गापुरको स्ट्रेट्स टाइम्सले त्यसलाई “पङ्क्चर्ड आर्म मिस्ट्री” भन्यो। कलकत्ता प्रहरीले घटनाबारे गहन अनुसन्धान गरेपछि त्यसमा एउटा खतरनाक षड्यन्त्र भएको थाहा पायो।

त्यो षड्यन्त्रमा कलकत्तादेखि १,९०० किलोमिटर टाढा पर्ने बम्बे (अहिलेको मुम्बई) स्थित अस्पतालबाट प्राणघातक ब्याक्टेरिआ निकालिएको कुरा सामेल भएको देखियो। यो अपराधको केन्द्रमा पारिवारिक सम्पत्तिलाई लिएर दाजुभाइबीच रहेको द्वन्द्व देखियो। पाण्डेय दाजुभाइबीच उनीहरूका बुवाको मृत्युपश्चात्‌ कोइला तथा ढुङ्गाखानीका लागि चर्चित पाकुड साम्राज्यलाई लिएर सङ्घर्ष चलिरहेको थियो।

त्यसलाई सत्य र असत्यबीचको लडाइँका रूपमा सञ्चारमाध्यमहरूले प्रस्तुत गरिरहेका थिए। एउटा विवरणअनुसार “स्थानीय बासिन्दाका प्रिय अमरेन्द्र चन्द्र पाण्डेय उच्च नैतिकता भएका एक सदाचारी युवा थिए जो उच्च शिक्षा हासिल गर्न चाहन्थे।” अर्कोतर्फ बेनोयेन्द्र “मदिरा पिउने कुलत भएका अनि मोजमस्तीले भरिएको जीवन जिउनका लागि चर्चित थिए।”

षड्यन्त्रको तानाबाना एक वर्षअघि नै
अदालती कागजपत्रका अनुसार “अमरेन्द्रको हत्या गर्ने षड्यन्त्र सम्भवतः सन् १९३२ मा गरिएको थियो जब बेनोयेन्द्रका नजिकका साथी डा. तारानाथ भट्टाचार्यले प्रयोगशालामा प्लेग गराउने ब्याक्टेरिआको कल्चर निकाल्ने प्रयत्न गरे। तर त्यो प्रयत्नमा उनी सफल हुन सकेनन्।”

हुन त यो दाबी विवादित रहेको छ। तर केही विवरणअनुसार बेनोयेन्द्रले सम्भवतः सन् १९३२ को गर्मीयाममा अमरेन्द्रको हत्या गर्ने पहिलो प्रयास गरेको हुनुपर्छ।

ब्रिटिश स्वास्थ्य अधिकारी डा. लामबर्टको एउटा रिपोर्टअनुसार दुवै दाजुभाइ एउटा हिल स्टेशनमा यताउता गरिरहेका बेला “बेनोयेन्द्रले एउटा चश्मा निकालेर अमरेन्द्रलाई लगाउन थाले र सो क्रममा उनको छाला कोतारियो।”

त्यसको केही समयपछि अमरेन्द्र बिरामी भए। त्यो चश्मामै ब्याक्टेरिआ भएको आशङ्का गरियो। त्यसपछि परीक्षण गराउँदा अमरेन्द्रलाई टिटानस भएको बताइयो र उनलाई त्यसविरुद्ध सुई लगाइयो।

डा. लामबर्टको रिपोर्टअनुसार बेनोयेन्द्र कथित रूपमा तीनजना चिकित्सक लिएर आए ताकि उनका भाइको उपचारमा परिवर्तन गर्न सकियोस्। तर तिनीहरूको सेवा लिइएन।

तर त्यसपछि जे भयो त्यो एउटा यस्तो हत्याकाण्डको षड्यन्त्र थियो जुन सनसनीपूर्ण र त्यो समयको भन्दा धेरै पहिलाको घटना थियो। बेनोयेन्द्रले जति बेला पैतृक सम्पत्तिको अधिकार हासिल गर्नेतर्फ कदम बढाएका थिए त्यति बेला उनका साथी भट्टाचार्यले प्लेग गराउने ब्याक्टेरिआ बनाउने प्रयास चारचोटि गरेका थिए।

सन् १९३२ को मेमा भट्टाचार्यले बम्बेमा अवस्थित हेफकिन इन्स्टिट्युटका निर्देशकसँग सम्पर्क गरे। त्यो एकमात्र प्रयोगशाला थियो जहाँ ब्याक्टेरिआको कल्चरलाई राखिएको थियो। इन्स्टिट्युटका निर्देशकले बङ्गालका सर्जन जनरलको अनुमतिविना कल्चर उपलब्ध गराउन अस्वीकार गरे।

प्लेगको उपचार पत्ता लगाएको दाबी
सोही महिना डा. भट्टाचार्यले कलकत्तामा एक चिकित्सकसँग सम्पर्क गरी प्लेगको उपचार पत्ता लगाएको दाबी गरे अनि कल्चरको प्रयोग गरेर परीक्षण गर्न चाहेको उनले बताए। अदालती कागजपत्रका अनुसार चिकित्सकले उनलाई प्रयोगशालामा काम गर्ने अनुमति दिए पनि हेफकिन इन्स्टिट्युटबाट प्राप्त कल्चरलाई राख्ने अनुमति दिएनन्।

डा. लामबर्टका अनुसार “भट्टाचार्यको काम रोकिन पुग्यो किनकि त्यो कल्चरमा ब्याक्टेरिआ बन्न सकेन।” त्यसपछि सन् १९३३ मा भट्टाचार्यले एकचोटि फेरि कलकत्ताका चिकित्सकलाई हेफकिन इन्स्टिट्युटलाई पत्र लेख्न मनाए। पत्रमार्फत् भट्टाचार्यले सो इन्स्टिट्युटमा काम गर्नका लागि अनुमति मागे।

सोही वर्षको गर्मीयाममा बेनोयेन्द्र बम्बे गए जहाँ उनले भट्टाचार्यसँग मिलेर हेफकिन इन्स्टिट्युटमा आबद्ध दुईजना पशु चिकित्सकलाई घुस दिए ताकि उनीहरूले ब्याक्टेरिआको कल्चर निकालेर दिऊन्।

वैज्ञानिक हिसाबले हेर्नका निम्ति बेनोयेन्द्रले बजारबाट मुसा किनेर ल्याए। त्यसपछि दुवैजना आर्थर रोड इन्फेक्सियस डिजिज अस्पताल पुगे जहाँ ब्याक्टेरिआ कल्चर राखिन्थ्यो।

हत्याभन्दा केही महिनाअघि के भएको थियो?
अदालती कागजपत्रका अनुसार बेनोयेन्द्रले त्यहाँ उपस्थित अधिकारीहरूसँग आफ्ना चिकित्सक साथीलाई तथाकथित “उपचार” का लागि काम गर्ने अनुमति प्रदान गर्न आग्रह गरे। यद्यपि यो कुराको प्रमाण छैन कि प्रयोगशालामा भट्टाचार्यले कुनै प्रकारको परीक्षण गरे।

प्रयोगशालामा काम गर्न पाउने अनुमति पाएको पाँच दिनपछि जुलाई १२ मा भट्टाचार्य अचानक आफ्नो काम सकेर बेनोयेन्द्रसँग कलकत्ता गए। प्रहरीले हत्याको घटनाभन्दा तीन महिना पहिला सन् १९३४ को फेब्रुअरीमा ती दुवै जनालाई गिरफ्तार गरे।

अनुसन्धान अधिकारीहरूले बेनोयेन्द्रका यात्रासँग सम्बन्धित कागजपत्र, बम्बेस्थित होटलका बिल, होटलका रजिस्टरमा उनीहरूका हस्तलेखन, प्रयोगशालालाई पठाइएका सन्देश र मुसा किनिएको पसलको रसिदलाई ट्र्याक गरे।

नौ महिना लामो सुनुवाइ
सबै विवरणहरूका अनुसार हत्याकाण्ड बारेको सुनुवाइ नौ महिनासम्म चल्यो र त्यो निकै चाखलाग्दो रह्यो। प्रतिवादी पक्षले अमरेन्द्रलाई मुसामा हुने उपियाँले टोकेको तर्क समेत गरे। अभियुक्तहरूले बम्बेस्थित अस्पतालबाट प्लेग गराउने ब्याक्टेरिआ चोरी गरिएको उपलब्ध प्रमाणहरूबाट स्पष्ट भएको अदालतले भन्यो।

र ब्याक्टेरिआलाई कलकत्ता पुर्‍याइयो अनि सन् १९३३ को नोभेम्बर २६ सम्म जीवित राखियो। अमरेन्द्रको हत्या गराउनका लागि बेनोयेन्द्रले एक पेशेवर हत्याराको सहयोग लिएको मुद्दाको सुनुवाइका क्रममा अदालतले भन्यो। दुवैलाई मृत्युदण्डको सजाय सुनाइयो। तर कलकत्ता उच्च अदालतले सन् १९३६ मा दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरिदियो।

सो प्रकरणमा पक्राउ गरिएका अन्य दुई चिकित्सकलाई चाहिँ प्रमाणको अभावमा रिहा गरियो। मुद्दाको सुनुवाइ गर्नेमध्ये एक न्यायाधीशले त्यसलाई “आपराधिक इतिहासमा एउटा खास मुद्दा” भएको टिप्पणी गरेका थिए।

आधुनिक हत्याकाण्ड
उक्त हत्याकाण्डसँग सम्बन्धित पुस्तक ‘द प्रिन्स एन्ड द प्वाइजनर’ का लागि शोध गरिरहेका एक अमेरिकी पत्रकार डेन मरिसन भन्छन्: “बेनोयेन्द्रलाई महारानी भिक्टोरियाको साम्राज्यमा सञ्चालित संस्थाहरूलाई झुक्याउन सक्छु भन्ने लागेको थियो।”

विश्व इतिहासमा जैविक हतियारको प्रयोग इसापूर्व छैटौँ शताब्दीमा गरिँदै थियो जब असिरियाली शत्रुहरूका भित्तामा एक प्रकारको ढुसी दल्ने गरिन्थ्यो। तर अमरेन्द्रको हत्या कैयौँ हिसाबले उत्तर कोरियाली नेता किम जङ-अनका सौतेनी दाइ किम जङ-नमको सनसनीपूर्ण हत्याकाण्डलाई सम्झाउँछ। मलेशियाको क्वालालम्पुर विमानस्थलमा उडानको प्रतीक्षा गरिरहेका किम जङ-नममाथि दुई महिलाले स्नायु प्रणालीमा असर गर्ने रसायनले हमला गरेका थिए।

पछि ती महिलाहरू पक्राउ परे। तर ८८ वर्षअघि कलकत्ताको हावडा स्टेशनमा एक युवा जमिनदारको हत्या गर्ने व्यक्ति र उसले प्रयोग गरिएको अस्त्र अर्थात्‌ सिरिन्ज कहिल्यै फेला परेन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!