र्यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । बुधबार राति पोखराको न्यूरोडबाट ब्राउन सुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो । उनीसँगै अन्य चारजनालाई पक्राउ गरिएको एसपी थापाले जनाउनुभएको छ ।
एसपी थापाले भन्नुभयो, ‘लाउरेलाई ब्राउन सुगर खरिद–बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेका हौं । उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने छौं ।’ पक्राउ परेका ‘लाउरे’ रियालिटी शो ‘हिमालय रोडिज’ का निर्णायक हुन । उनका ‘केस नं ४२’, ‘हाउडे, ‘मेरो सोल्टा’, ‘सबै हो लाउरे’, ‘नेप हपको बाटो’लगायत र्याप गीत चर्चित छन् । उनले चलचित्र ‘ताण्डव’बाट नायकको रूपमासमेत डेब्यु गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-