काठमाडौं – विश्वमा धेरै अनौठा बच्चा जन्मिएका हुन्छन् । यस्तै शुक्रबार भारतमा पनि एक अनौठो बच्चा जन्मिएको छ । बिहारस्थित गोपालगञ्जमा जन्मिएको उक्त बच्चाका तीन वटा हात र तीन वटा खुट्टा रहेका छन् ।
३० वर्षीया रबिना खातुनले अनौठो बच्चा जन्माएपछि अस्पतालमा नै भीड लागेको छ । भारतिय मिडियाका अनुसार उनको सामुदायिक स्वास्थ्य केन्द्रमा नर्मल डेलिभरी भएको हो । अनौठो बच्चा जन्मिएपछि डाक्टर र हेर्न आउँने पनि अचम्म मानेका छन् ।
एक डाक्टरले सिन्ड्रोमका कारण यस्तो हुने बताए । अहिले उक्त बच्चालाई सदर अस्पतालस्थित एसएनसीयूमा लगिएको बताइएको छ । अहिले बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-