बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा घर ल्याउन न्युयोर्कमा सम्झौता

‘सम्पदा घर फर्काउन लाग्ने शुल्क म्युजियमले बेहोर्ने’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस २७, २०७८ १६;३९ मध्यान्ह प्रकाशित
रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा घर ल्याउन न्युयोर्कमा सम्झौता

तस्बिर सौजन्य : फिलिप वलक/रुबिन म्युजियम अफ आर्टको सौजन्य

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्विक सम्पदा तत्काल घर फर्काउनेबारेमा न्युयोर्कमा समझदारी भएको छ ।

सन् ९० को दशकमा इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा( गन्धर्व) र पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण आकृति रुबिन म्युजियम अफ आर्टबाट घर फिर्ता आउने भएको छ । सोमबार म्युजियममा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

‘नेपाली सम्पदाको पहिचान र यसबारेको प्रमाण जुटाएपछि रुबिन म्युजियमले सहयोगी रूपमा हाम्रा सम्पदा घर फर्काउन सहमति जनाएको हो,’ न्यूयोर्कस्थित कूटनीतिक नियोगका कार्यवाहक महावाणिज्यदूत गौतमले कान्तिपुरसँग भने । यी दुई पुरातात्विक सम्पदा न्युयोर्कको रुबिन म्युजियममा फेला परेकोबारे गत असोजमा नेपाली सम्पदाको पहिचान तथा प्रमाणीकरणको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो ।

त्यसलगत्तै सम्पदा पुनःस्थापना अभियानले यी सम्पदा घरफिर्तीका लागि रुबिन म्युजियमलाई पत्राचार गरेर प्रक्रिया अघि बढाइएको थियो । पुरातत्व विभागले पनि हराएका सम्पदाबारेको प्रमाणीकरण र उत्पत्तिको पहिचानसहितको प्रमाण न्युयोर्क पठाएको थियो ।

७ सय वर्ष पुरानो सम्पदा मानिएको माला पहिरिएकी अप्सरा ।

दुईमध्ये ‘माला पहिरिएकी अप्सरा’ लाई ७ सय वर्ष पुरानो सम्पदा मानिएको छ । यो सन् १९९९ देखि हराइरहेको र सन् २००३ मा रुबिन म्युजियमको संग्रहमा पुगेको जानकारी महावाणिज्यदूत कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, ४ सय वर्ष पुरानो मानिने काष्ठकलाको तोरण भने सन् २०१० मा म्युजियमको संग्रहमा पुगेको थियो । कार्यवाहक महावाणिज्यदूत गौतमका अनुसार, यी सम्पदा औपचारिक समझदारीपछि नेपाल सरकार मातहतमा आए पनि घरफिर्ती प्रक्रिया सुरु नहुन्जेल म्युजियमकै संरक्षणमा रहनेछन् ।

‘सम्पदा घरफिर्तीमा लाग्ने आवश्यक खर्च रुबिन म्युजियम स्वयंले बेहोर्ने भएको छ,’गौतमले भने, ‘साथै, यी सम्पदालाई अहिले म्युजियम डिस्प्ले (प्रदर्शनी) बाट हटाइएको छ । अहिले कोरोना संक्रमणको स्थितिमा फिर्ती प्रक्रियामा कठिनाइ देखिएकाले सम्भवतः आगामी वैशाखभित्रमा यी सम्पदा काठमाडौं पुग्नेछन् ।’

रुबिन कल्चरल ट्रस्टका सेली र डोनाल्ड रुबिन ।

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार, सन् १९९९ देखि हराइरहेको ‘माला पहिरेकी अप्सरा’ (गार्लेन्ड बियरिङ अप्सरा)को आकृति भने म्युजियमका संस्थापकसमेत रहेका रुबिन कल्चरल ट्रस्टका सेली र डोनाल्ड रुबिनले एक निजी व्यापारीबाट खरिद गरेका थिए । तर, रुबिन म्युजियमका प्रवक्ता सान्ड्रिन मिलेटले यो सम्पदा कोबाट, कसरी खरिद गरिएको हो, खुलाउन चाहेकी छैनन् ।

पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण मूर्ति ।

सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेपछि रुबिन म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले ‘पुरातात्विक महत्वका सम्पदाका बारेमा कला जगतमा उब्जिएको सरोकारबारे म्युजियम सचेत रहेको’ जनाएका थिए । ‘हामीसँग सग्रहमा रहेका र प्रदर्शनीमा आएका कला सामग्रीबारेमा हामी सावधानीपूर्वक अनुसन्धान गरिरहेका हुन्छौं ।

रुबिन म्युजियमले यस्ता सामग्रीको नैतिक र व्यवसायिक उच्चतम आधारलाई सम्मान गर्नेछ,’कार्यकारी प्रमुख बित्स्गीको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ—‘सांस्कृतिक सम्पत्तिको सरोकारलाई सम्बोधन गर्न र समस्या समाधान गर्न हामीले आफ्नो जिम्मेवारीबोध गरेका छौं, यस्ता सम्पदा घरफिर्ती गर्नमा समेत उचित सहायता गर्नेछौं ।’ कान्तिपुर दैनिक बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!