फरार रहेका एक जना प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगर छन् । उनी इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी हुन् ।
बुधबार उनलाई नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १७ वर्षअघि २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति जारी भएको थियो ।
मगरलाई साउदी अरेबियामा पक्राउ गरी सम्बन्धित कसूरमा कारवाही गर्ने र गराउने उद्देश्यले प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो ।
मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ । स्रोत:- रातोपाटि
प्रतिक्रिया लेख्नुहोस्:-