बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिक्षु जीवन त्यागेर यसरी बने विख्यात ‘मोटिभेसनल स्पिकर’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस ३०, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
भिक्षु जीवन त्यागेर यसरी बने विख्यात ‘मोटिभेसनल स्पिकर’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– ‘योरस्टोरी’ले सन् २०२० मा डिजिटल माध्यमबाट मान्छेलाई प्रभाव पारिरहेका १०० जना इन्फ्लुएन्सरहरूको सूची प्रकाशन गरेको थियो। उक्त सूचीको ७७ नम्बरमा थिए, विवेक विन्द्रा।

विवेक विन्द्रा पेसाले युट्युबर, मोटिभेसनल स्पिकर र चर्चित ‘बिजनेस कोच’ हुन्। यी पछिका कुरा हुन्। त्यसअघि चार वर्षसम्म वृन्दावनमा भिक्षु बनेर बसेका थिए। एमबीए (मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन)को अध्ययन सकेपछि उनी वृन्दावन गए। चार वर्ष बिताएपछि आफूले अध्ययन गरेकै क्षेत्रमा फर्किए। एमबीए गर्नुअघिको उनको संघर्ष कम थिएन। कहिले सडकमा शब्दकोषका पुस्तक बेचेर आफ्नो पढाइ खर्च निकाल्थे त कहिले अन्य सानातिना व्यापार गर्थे।

सन् १९८२ मा भारतको नयाँदिल्लीमा जन्मिएका विन्द्राको जीवन सरल रेखामा थिएन। उतारचढावहरू आइरहे। अढाई वर्षको हुँदा बुबाको मृत्यु भयो। आमाले अर्को विवाह गरेपछि उनी झन् एक्लिए। नयाँ परिवारमा उनीप्रति कसैको प्रेम थिएन। ‘म केही समय काकाको घरमा बसेँ, कहिले अरु आफन्तकोमा बसेँ,’ विन्द्रा भन्छन्, ‘मलाई थुप्रै विषयले बाउन्स ब्याक हुन प्रोत्साहन दिएका थिए।’

उनले केही समय ट्युसन पनि पढाए। अन्य काम पनि गरे। तर, यतिमा मात्र अडिएनन्। कामसँगै अनेक अनुभव संगाले। ‘मैले आफू बस्ने ठाउँमा पर्चा छापेर ट्युसन पढाउने जानकारी बाँडे, अनि केही समय त्यही काम गरेको थिएँ,’ उनी भन्छन्, ‘मसँग पैसा थिएन। त्यसैले सुरुमा होम ट्युसन गरें। त्यो बेला म १६ वर्षको मात्रै थिएँ। त्यसले मलाई अध्ययन गर्न सहयोग पुग्यो।’ उनी निकै अध्ययनशील थिए। बाल्यकालबाटै पढाइमा अब्बल। प्रायः आफ्नो कक्षामा उत्कृष्ट नतिजा ल्याउँथे।

सन् १९९९ मा उनले भारतको दिल्लीस्थित सेन्ट जेभियर्स स्कूलमा माध्यमिक तहको पढाइ सुरु गरे। २००१ मा एमबीए डिग्रीका लागि नोयडास्थित एमिटी बिजनेस कलेजमा भर्ना भए। त्यही बेला खर्च जुटाउन सडकमा शब्दकोष बेचे। झोलामा शब्दकोष बोक्थे र कक्षा सकिएपछि सडकमा आएर बिक्री गर्थे।

कलेजमा पढ्दै गर्दा उनलाई कसैले भागवत् गीता पढ्न सुझाव दिए। उनले गीताको निकै सूक्ष्म अध्ययन गरे। आज पनि उनी आफ्ना ‘मोटिभेसनल स्पिच’हरूमा गीताका हरफहरू भन्ने गर्छन्। एमबीए गरेपछि उनी कोलम्बोको ओआईयूएम विश्वविद्यालय पुगे। त्यहाँ उनले दर्शनशास्त्रमा विद्याविराधी गरे।

यही बेला उनी अन्योलमा परे। के काम गर्ने भन्ने निर्णय गर्न सकेनन्। सोच धेरै थियो। तर, बाटो पहिल्याउन कठिन भयो। ‘मैले पढाइ सकेको थिएँ, अन्योल थियो,’ उनी भन्छन्, ‘अनि म भिक्षु बनेँ। मातापिता छैनन्, दाजुभाइ पनि छैनन् भन्ने भएपछि मैले चार वर्षसम्म भिक्षु भएर ब्रह्मचारी जीवन बिताएँ।’

उनी विभिन्न कलेज र आश्रममा गएर भागवत गीतामाथि प्रचवन दिन्थे। भिक्षा माग्ने र बाँकी समय दुःखी बालबालिकासँग बिताउने गर्थे। आशाविहीन बनेको समयमा उनले जीवनमा उज्यालो किरण देखे। तर, धेरै समय भिक्षु भइरहन सकेनन्।

एक दिन उनका विश्वविद्यालयका गुरुले उनलाई ‘सांसारिक जीवन’मा नै फर्किन आग्रह गरे। उनी भन्छन्, ‘मलाई गुरुले सांसारिक जीवनमा फर्किन प्रेरित गर्नुभयो। यसो गर्दा अझ बढी सेवा गर्न सक्ने उहाँको आग्रह थियो। गुरुको त्यही आग्रहका कारण मैले वृन्दावन छाडेँ।’

उनले सन् २००६ मा वृन्दावन छाड्दा उनीसँग कम्पनी खोल्ने ‘भिजन’ त थियो, तर सुरुआत गर्न पर्याप्त पैसा थिएन। त्यति बेला कतिपय ‘स्टार्टअप बिजनेस’ खुल्दै बन्द हुँदै थिए। ती किन टिकिरहेका छैनन् भन्ने उनले बुझेका थिए। त्यसैले स्टार्टअप बिजनेसमा केही गर्ने सोच थियो। उनले यस्ता व्यवसाय गर्न चाहनेलाई मार्गनिर्देश गर्ने योजना बनाए। तर, उनीसँग सल्लाह लिन मान्छे नै आएनन्। अरुको स्टार्टअपमा सहयोग गर्न खोलेको उनको स्टार्टअप नै असफल हुँदै थियो।

जसोतसो उनले आफ्नो लक्ष्यतर्फको कम्पनी सुरु गरेका थिए। तर, सोचेजस्तो भइरहेको थिएन। उनी भन्छन्, ‘कम्पनीमा कामदार छन्, काम भइरहेको छ भन्ने देखाउन मैले जस्तो मान्छेलाई पनि काममा ल्याएँ। अफिस सानो थियो। शौचालय थिएन, सार्वजनिक शौचालयमा जानुपर्ने अवस्था थियो। म आफ्ना कर्मचारी शौचालय जानुअघि आफैँ गएर शौचालय सफा गर्थें।’

अवस्था यस्तो पनि आयो, उनले कर्मचारीलाई तलब दिन आफ्नो घर बेच्नु परेको थियो। उनी भन्छन्, ‘हामीले विभिन्न ६ वटा कम्पनीको कर्पोरेट काम गरिरहेका थियौं। तीन महिनादेखि त्यसमा काम भइरहेको थियो। तर, अन्तिम समयमा काम दिएका कम्पनीले सम्झौताबाट पछि हट्ने निर्णय गरे। त्यो बेला हामी ७ तारिखमा तलब दिने गर्थ्यौं। तलब दिने पैसा नहुँदा मैले कर्मचारीलाई थाहै नदिई आफ्नो घर बेचेको थिएँ।’

यसरी सुरु भएको विन्द्राको कम्पनीले बिस्तारै स्वरुप बदल्यो। सन् २०१३ मा आइपुग्दा उनको कम्पनी ठूलो भइसकेको थियो। त्यतिबेला उनको प्रवेश डिजिटल माध्यममा पनि भयो। युट्युबमा उनको आगमन २०१३ डिसेम्बर ६ मा भएको थियो।

हाल उनको युट्युब च्यानलमा एक करोड ८२ लाखभन्दा धेरै ‘सब्स्क्राइबर’ छन्। अहिले उनको च्यानल विश्वमै सबैभन्दा धेरै सब्स्क्राइबर्स हुने बिजनेस च्यानलहरूमा पर्छ। अब उनले तलब खुवाउनका लागि चिन्ता गर्नुपर्दैन। त्यो त इतिहासको कुरा हो। बरु अरुका बिजनेस पनि सफल बनाउन ‘आइडिया’ दिन्छन्।

‘बडा विजनेस’ विन्द्राले पछिल्लो समय सुरु गरेको अर्को कम्पनी हो। बडा विजनेसले व्यापारिक क्षेत्रका विभिन्न पाटाहरूमा प्रशिक्षण दिन्छ। कुनै पनि कम्पनीले वर्षमा ३०० प्रतिशत फाइदा गर्नुपर्ने प्रशिक्षण आफूले दिने गरेको उनी बताउँछन्। विन्द्रा भन्छन्, ‘धेरैजसो व्यापारिक क्षेत्रका मान्छे अगाडिको अन्धकार मात्रै देख्छन्। उनीहरु टाढाको उज्यालो देख्दैनन्। अँध्यारो देखेरै उनीहरु पछि हट्छन् र असफल हुन्छन्।’

यिनै विन्द्रा आगामी २१–२२ जनवरीमा नेपाल आउँदैछन्। जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा उनले काठमाडौंमा ‘विशेष नेतृत्व कार्यक्रम’ चलाउँदैछन्। दुई दिन चल्ने कार्यक्रममा विन्द्राले आफ्ना खारिएका अनुभव बताउने र प्रशिक्षण पनि दिने ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका कार्यकारी अध्यक्ष हरिप्रसाद डुम्रेले बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!