बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोनाका कारण स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु गर्भवती

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
माघ २, २०७८ २१;३० मध्यान्ह प्रकाशित
कोरोनाका कारण स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु गर्भवती
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। कोरोनाभाइरसका कारण लकडाउन भएर स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु गर्भवती भएका घटनाहरु बढेका छन् । अफ्रिकी देश जिम्बाब्बेमा कोरोनाभाइरसको महामारी फैलिएपछि ६ महिनासम्म गरिएको लकडाउनमा धेरै स्कुले बालिकाहरु गर्भवती भएको पाइएको हो ।

जिम्बाब्बेको ग्रामीण क्षेत्रमा बस्ने १३ वर्षकी भर्जिनिया मावुंगा ३ महिनाका छोरा तवनन्याशाकी आमा हुन् । उनको पूरै दिन कुवाबाट पानी ल्याउने, सडकछेउमा फलफुल र तरकारी बेच्ने, खाना बनाउने, सरसफाइ गर्ने, कपडा धुने काममा बित्छ । आफ्ना यी कामका बीच भर्जिनिया आफ्ना ४ जना भाइबहिनीलाई स्कुलको लागि तयार पार्छिन् र उनीहरु फर्किएपछि उनहिरुलाई होम वर्क गर्न सनि सहयोग गर्छिन् ।

आफ्ना भाइबहिनीलाई स्कुलको काममा सघाउँदा भर्जिनियालाई सबैभन्दा धेरै पीर पर्छ किनकि अहिले उनी केवल १३ वर्षकी छिन् । यो उमेरमा उनी स्कुलमा हुनुपर्ने थियो । भर्जिनिया भन्छिन् ‘अब यही मेरो पूरै जिन्दगी हो ।’ कोभिड महामारीको क्रममा जिम्बाब्बे र अन्य दक्षिणी अफ्रिकी देशमा कम उमेरका किशोरीहरुले गर्भधारण गर्ने क्रममा उच्च वृद्धि देखिएको छ । भर्जिनिया उनै किशोरीमध्ये एक हुन् । जिम्बाब्बे लामो समयदेखि कम उमेरका किशोरी गर्भवती हुने र बाल विवाहको समस्यासँग जुधिरहेको छ ।

रिपोर्टअनुसार कोभिड १९ महामारी सुरु हुनुभन्दा पहिले पनि यहाँ हरेक ३ मध्ये एक किशोरीको विवाह १८ वर्ष नपुग्दै गरिन्थ्यो । किशोरीहरु गर्भवती हुने, बाल विवाहका विषयमा कडा कानुन नहुनु, गरिबी, सांस्कृतिक र धार्मिक प्रथा जस्ता कैयौं कारणले यस्तो हुने गरेको छ । कोभिड महामारीले यो स्थितिलाई झनै खराब बनाइदिएको छ । डेढ करोड जनसंख्या भएको यो देशमा मार्च २०२० मा कडा लकडाउन लगाइयो र बीचबीचमा छुट दिइयो । लकडाउनका कारण किशोरीहरुमा निकै खराब असर पर्यो । उनीहरुलाई गर्भ निरोधक र अस्पतालको सुविधा दिइएन ।

कार्यकर्ता र अधिकारीहरुका अनुसार यीमध्ये कैयौं किशोरीहरु यौन शोषणको शिकार भए वा उनीहरुले विवाह र गर्भावस्थालाई गरिबीबाट बाहिर निस्किने एक तरिका माने । देशमा कम उोरका किशोरीहरु गर्भवती हुने क्रम बढेपछि जिम्बाब्बेको सरकारले अगष्ट २०२० मा आफ्नो कानुन संशोधन गरेर गर्भवती किशोरीलाई पनि स्कुल जान अनुमति दियो । कार्यकर्ता र अधिकारीहरुले यसको प्रशंशा गरे र यसलाई आशाको रुपमा हेरे ।

तर, यो नीति पूर्ण रुपमा असफल रह्यो । गर्भवती किशोरीहरु कानुन संशोधनपछि पनि स्कुल फर्किएका छैनन् । पैसाको कमी, सामाजिक प्रथा, कक्षामा सताइने जस्ता कारणले उनीहरु फेरि स्कुल जान सकिरहेका छैनन् । कानुन संशोधनपछि गर्भवती भर्जिनियाले पनि फेरि स्कुल जाने कोसिस गरेकी थिइन् । अधिकारीहरुले उनी र उनका मातापितालाई प्रोत्साहित पनि गरेका थिए तर त्यसपछि आसपासका मानिसहरुले भर्जिनियाको मजाक उडाउन थाले ।

पर्पल युनिफर्ममा आफ्नो एक तस्वीर देखाउँदै भर्जिनियाले समाचार एजेन्सी एपीसँग भनिन् ‘मानिसहरु ममाथि हाँस्थे । केही मानिसहरुले मतिर देखाएर मजाकमा सोध्थे – तिम्रो पेटलाई के भयो ?’ भर्जिनियाले यो सब भएपछि स्कुल फर्किने सपना छाडिन् र आफ्नो युनिफर्मलाई २ डलरमा बेचिदिइन् ताकि यो पैसाले बच्चाको कपडा र अरु सामान किन्न सकियोस् ।

भर्जिनियाका अनुसार उनलाई जसले गर्भवती बनाएका थिए उनले आफूसँग बिहे गर्छन् भन्ने आशा थियो । ती व्यक्तिले भर्जिनियासँग बिहेको बाचा पनि गरेका थिए । तर पछि उनले धोका दिए र बच्चाको पालनपोषण गर्न अस्वीकार गरे । जिम्बाब्बेका यौन सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो । यसका बावजुद भर्जिनियाका मातापिताले ती व्यक्तिविरुद्ध बलात्कारको मुद्दा धेरै अगाडि बढाएनन् ।

जिम्बाब्बेमा १६ वर्षभन्दा कम उमेरका किशोरीसँग शारीरिक सम्बन्ध राख्ने वा कुनै किसिमको यौनजन्य गतिविधि गरेमा जरिवाना वा १० वर्षसम्म जेल सजाय हुन सक्छ । तर, धेरैजसो घटनामा कुनै मुद्दा दर्ता गरिँदैन । पुलिसका प्रवक्ता पल न्याथीका अनुसार परिवार र अधिकारीहरुले लामो समयदेखि यस्ता घटना लुकाउँदै आएका छन् । नाबालिकलाई नै विवाहको लागि बाध्य पारिन्छ । परिवारले प्रायः दोषीसँग सम्झौताको प्रयास गर्छन् ।

दोषीमाथि किशोरीसँग विवाह गर्ने वा पीडितको परिवारलाई चौपाया वा पैसा दिने दबाब दिइन्छ । त्यसपछि उनीहरु पुलिसलाई रिपोर्ट नगर्ने कुरामा सहमत हुन्छन् । अन्तिममा पीडितका परिवार नै उनको शोषणमा सहभागी बन्छन् । जिम्बाब्बे सरकारसँग कति गर्भवती किशोरीले स्कुल छोडे भन्ने तथ्यांक छैन तर यस्ता घटनामा तीब्र रुपमा वृद्धि भइरहेको छ । कैयौं किशोरीहरु नबताइ स्कुल छोड्छन् त्यसैले सही तथ्यांक पाउनु सरकारका लागि पनि कठिन छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!