बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ : रकम दुरुपयोग हामी सोँच्न पनि सक्दैनौँ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
माघ ४, २०७८ ०८;०२ बिहान प्रकाशित
धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ : रकम दुरुपयोग हामी सोँच्न पनि सक्दैनौँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रकमको दुरुपयोग सोँच्न पनि नसकिएको बताएको छ । फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं’, फाउण्डेशनले भनेको छ । त्यस्तै, आर्थिक प्रगतिको सम्बन्धमा २०७८ पुस मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन एक/दुई दिनमै प्राप्त हुने र त्यो सम्बन्धित पक्षलाई बुझाएपछि परियोजनाको वास्तविक आम्दानी/खर्च सार्वजनिक गरिने फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले रामपुरमा बनाइरहेको रंगशालाको सरकारी तवरबाट आर्थिक तथा भौतिक प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । भरतपुर महानगरपालिकाले रंगशालाको प्रारम्भिक प्रतिवेदन तयार गरेर युवा तथा खेलकुद मन्त्रालयमा बुझाइसकेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत र खर्च ५१ करोड भएको छ । मन्त्रालयले प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ ।

चरम आर्थिक अभाव भएपछि फाउण्डेशनले गएको २ पुसमा महानगरलाई पत्र लेख्दै रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो । यसबीचमा रंगशालाको प्रारम्भिक प्रतिवेदनमा फाउण्डेशनले बताएको भन्दा कम भौतिक प्रगति र खर्चको विवरण आएपछि आर्थिक अनियमितता भएको गुनासो आएको थियो ।

‘गत २ पुसको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

रंगशाला निर्माणमा आर्थिक अनियमितता भएको भन्दै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले छानविनका लागि अख्तियारमा समेत उजुरी दर्ता गरको छन् । रंगशालामा भरतपुर महानगरसहित केहि स्थानीय तहको समेत बजेट परेकाले अख्तियारले त्यसको छानविन गर्दै छ ।

परियोजना सम्बन्धि भ्रमपूर्ण रुपमा प्रकाशित समाचार र टिप्पणीप्रति फाउण्डेशन दुखित भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । फाउण्डेशनका तर्फबाट आर्थिकलगायतका सबै सबै विवरण सार्वजनिक नहुँदासम्म कपोकल्पीत आरोप नलगाउन उनले आग्रह गरेका छन् ।

क्रिकेट र समग्र खेलको क्षेत्रको विकासका लागि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न फाउण्डेशन र महानगरबीच १६ माघ २०७५ मा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार महानगरले रामपुरमा २० बिघा जग्गा फाउण्डेशनलाई उपलब्ध गराएको थियो । आर्थिक अभाव सिर्जना भएपछि पाँच महिनादेखि रंगशालाको काम ठप्प छ । राजधानी दैनिकबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!