बर्दियाको गुलरिया नगरपालिका–५ बाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोट घर भई गुलरिया बस्ने ३० वर्षीय जनकबहादुर शाहीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।
जाजरकोटको शिवालय गाउँपालिका–७ स्थायी घर भएका शाहीले माघ १ मा ती किशोरीलाई फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-