बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबईबाट भित्रिएको अवैध सुन ‘ब्रासलेट, सिक्री र औँठी’को रूपमा पोखरामा

३८ लाख बराबरको अवैध सुनसहित पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
माघ ५, २०७८ १०;०६ बिहान प्रकाशित
दुबईबाट भित्रिएको अवैध सुन ‘ब्रासलेट, सिक्री र औँठी’को रूपमा पोखरामा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोखरा । बागलुङका २० वर्षीय अम्मर विश्वकर्मा शनिबार काठमाडौंबाट घर फर्किँदै थिए । उनी बागलुङ नगरपालिका ७ बस्छन् । हातमा सुनको ब्रासलेट लगाएका, औँलामा औँठी, घाँटीमा सिक्री भिरेर बागलुङ जाँदैगर्दा उनी सवार बस चेकिङमा पर्‍यो ।

कास्की प्रहरीले पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा चेकिङ गर्दै थियो । पृथ्वी राजमार्ग सडकखण्ड उनी सवार बस रोकिएपछि पनि उनी हड्बडाएनन् । सामान्य चेकजाँच होला भन्ने उनले सोचेका थिए ।

तर, कास्की प्रहरी चाहिँ अवैध सुन ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा चेकिङ गरेको थियो । घाँटीदेखि औँलासम्म सुन भिरेका विश्वकर्मामा प्रहरीको तत्काल नजर परिहाल्यो । अनि सुरु भयो सोधपुछ । विश्वकर्माको शरीरमा सुन त थियो, तर त्यसको बिल थिएन । त्यो सुन उनको नभएको पनि प्रहरीको सोधपुछबाट खुल्यो ।

म्याग्दीका अंकित सुनार सोमबार काठमाडौंबाट जिल्ला फर्किँदै थिए । उनको पनि हुलिया विश्वकर्माको जस्तै थियो । २९ वर्षीय सुनार सवार माइक्रोबस कास्की प्रहरीले पावरहाउसमा नै रोक्यो । उनको घाँटीमा सिक्री त थियो, तर त्यसबाहेक थप चार सिक्री पनि उनले बोकेर ल्याएका थिए । थप दुइवटा औँठीसहित प्रहरीले उनलाई सोधपुछ गर्‍यो । तर, न सिक्री उनको थियो, न औँठी ।

यी दुई प्रतिनिधि घटनाले के पुष्टि गर्छ भने, काठमाडौंबाट यात्रुहरूलाई सुन बोकाएर पोखरामा तस्करी गर्ने गरिएको छ । कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले पोखरामा यात्रुहरूको प्रयोग गरेर सुन तस्करी गर्न खोजिएको बताए । उनकाअनुसार शनिबार पक्राउ परेका विश्वकर्माले चारवटा ब्रासलेट बोकेर ल्याएका थिए ।

त्यसको तौल २० तोला ४३ लाल ८ प्वाइन्ट (२३८.४४ ग्राम) हुन आउँछ । विश्वकर्माले त्यो सुन पोखरामा ल्याइदिन लागेको प्रारम्भिक अनुसन्धानमा बताएका छन् । तर, कसले पठाएको र कसलाई दिने भन्ने प्रश्नमा उनी मौन रहे ।

सोमबार पक्राउ परेका सुनारको जवाफ पनि दुरुस्तै रहेको छ । उनको साथबाट प्रहरीले पाँचवटा सिक्री र दुइवटा औँठी भेटाएको थियो । उनको साथबाट भेटिएका ती गहनाको परिमाण २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५.४७ ग्राम) रहेको तिवारीले बताए ।

विश्वकर्मा र सुनारले ल्याएको अवैध सुनको परिणाम ४९३.९१ ग्राम हुन आउँछ भने अहिले यसको बजार मूल्य ३८ लाख ९७ हजार पाँच सय ४२ रूपैयाँ हुन आउँछ । पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि राजस्व विभाग हरिहर भवन पठाइएको उनले जानकारी दिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७७ जेठ १५ गतेदेखि लागु हुने गरी जारी गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ अनुसार व्यक्तिगत प्रयोजनका लागि भन्सार तिरेर बढीमा एक सय ग्रामसम्म सुन वा दुई सय ग्रामसम्म सुनका गहना ल्याउन पाइन्छ ।

तर, पहिलो पचास ग्रामसम्म प्रति १० ग्राम साढे ९ हजार भन्सार महसुल तिर्नुपर्ने हुन्छ । पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म चाहिँ प्रति १० ग्राममा साढे १० हजार रुपैयाँ महसुल तिर्नुपर्छ ।

गहनाको हकमा चाहिँ पचास ग्रामभन्दा बढी थप सय ग्रामसम्म ल्याएमा प्रति १० ग्राम १० हजार पाँच सय र त्यसबाहेक थप सय ग्रामसम्म सुनका गहनामा १२ हजार पाँच सयका दरले महसुल तिर्नुपर्ने हुन्छ । त्यसबाहेक बढी परिणामको सुन भने जफत हुने व्यवस्था आदेशमा छ ।

यही आदेशलाई लुप होल बनाएर तस्करहरूले विदेशबाट सुन भित्र्याएको तिवारीको भनाइ छ । परिणाम सानो भएपनि धेरैजनासँग एकै व्यक्तिले यसरी सुन पठाउने गरेको र नेपाल भित्रिएपछि सम्बन्धित व्यक्तिले ठूलो परिणामको सुन जम्मा गर्ने गरेको उनले बताए ।

सुन भित्र्याउने काममा चाहिँ रोजगारीका लागि विदेशिएका नेपालीहरू पर्ने गरेका छन् । उनीहरूलाई प्रलोभनमा पारेर वा लोभ देखाएर तस्करहरूले सुन भित्र्याउने भरिया बनाउने गरेका छन् ।

कास्की प्रहरी प्रवक्ता तिवारी भन्छन, “वैदेशिक रोजगारीमा गएकाहरूलाई टिकट काटिदिने, भन्सार महसुलको रकम दिएर लगिदिन भन्दा रहेछन् । अब, रोजगारीका लागि गएकाहरूलाई टिकट काटिदिन्छु भनेपछि नाइँ नभन्ने रहेछन् । तस्करहरूले धेरै जनालाई यही प्रलोभनमा पारेर थोरै परिणाममा धेरै सुन भित्राएका छन् ।” तर, पक्राउ परेका चाहिँ दुबईबाट आएका नभई, दुबईको अवैध सुन पोखरा ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

उनी भन्छन्, “हामी दुईचार जना साथी सँगै आउँदै छौँ भने, तस्करहरूले टिकट किनिदिन्छन्, अनि हामीलाई चेन दिन्छन्, हामीले लगाएर आउँछौँ, तर काठमाडौं आएपछि चाहिँ कसलाई पठाएको हो उसैलाई दिन्छौँ । ठिकै छ नि त, एउटा चेन लगाएर जान्छु भन्दैगर्दा सयजनाबाट त धेरै सुन भित्रिने भयो । यसरी अवैध सुन भित्रिएपछि सरकारले चाहिँ कडाइ गर्ने गरेको छ । अहिले यस्तो खालको ट्रेन्ड नै देखिएको छ । सरकारले यस्तो प्रवृत्तिलाई रोक्न रणनीति नै बनाएको छ ।”

तत्कालका लागि भन्सार छली गरेर दुबईबाट सुन ल्याएको बुझिएको उनले जानकारी दिए । यसबारेमा थप अनुसन्धान राजस्व विभागले गर्ने र थप कुरा खुल्ने उनले बताए । बार्हखरी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!