कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् ।
मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय जारी गरेको आदेशमा भनिएको छ, “सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिपत्रमा आंशिक परिमार्जन गरिएको छ ।
पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति २३ः५९ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ,” परिपत्रमा उल्लेख छ ।
बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झण्डै दुई महिनाको अवरद्धतापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा आउन सुरु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-