काठमाडौं – एमसीसीको विरुद्धमा सोमबार नेपाल बन्दको घोषणा गरिएको छ । नेकपा (विप्लव) लगायत विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आइतबार सयुंक्त विज्ञप्ति जारी गर्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।
नेपाल बन्दको घोषणा गर्नेमा सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके (समाजवादी) र देजमो नेपाल रहेका छन् ।
एमसीसीको विरुद्धमा आइतबार विभिन्न दलले मसाल जुलुस पनि निकालेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-