दुनियाको प्राचिनतम चिकित्सा प्रणाली हो, आयुर्वेद । अहिले विश्वमा जतिपनि चिकित्सा प्रणालीको विकास भएको छ, ति सम्पूर्णको प्रेरणा यही आयुर्वेदबाट लिइएको मानिन्छ । कुनैपनि रोगलाई जरैबाट नष्ट गर्ने क्षमताका कारण अहिले अधिकांशले आयुर्वेदप्रति विश्वास गरेका छन् ।
आयुर्वेद चिकित्सालाई पपिन त्यसको विषयका हिसाबले आठ अलग-अलग भागमा विभाजन गरिएको छ । यी आठ भागको सम्मिलित रुपलाई ‘अष्टांग आयुर्वेद’ नाम दिइएको छ । यी प्रत्येक शाखालाई विस्तारमा जानौं ।
काय चिकित्सा
यो काय शब्दको अर्थ अग्नी हो । काया चिकित्साको अर्थ हो अग्नीसँग जोडिएको चिकित्सा । आयुर्वेदमा अग्नीलाई सबैभन्दा महत्वपूर्ण मानिएको छ । शरीरका प्रत्येक कोशिकादेखि लिएर पुरा तन्त्र हरेक समय एक प्रक्रियाबाट गुजि्ररहेको हुन्छ । आयुर्वेदमा यसलाई त्रिदोष एवं आधुनिक आयुर्विज्ञानमा यसलाई एनाबोलिज्म, क्याटबोलिज्म एवं मेटाबोलिज्मको नाम दिइएको छ ।
जब हाम्रो शरीरको अग्नी ठीक ढंगले काम गर्न थाल्छ, तब तीन दोष एवं सात धातु सबै सन्तुलित अवस्थामा रहन्छ । अग्नी ठीक रहनाले मलत्याग र शरीरका भित्र चल्ने सबै प्रक्रिया सही हुन्छ । यो नै स्वस्थ जीवनको संकेत हो ।
आयुर्वेदमा बताइएको काय चिकित्सा मूख्य रुपले यसको पाचक अग्नीमा केन्दि्रत छ । अग्नीलाई नै शरीरको मूख्य उर्जा मानिएको छ । अग्नीले शरीरको सबै रसायन, नुन र हर्मोनलाई सन्तुलित राख्छ । हाम्रो शरीरको मेटोबोलिज्म पनि यही अग्नीमा निर्भर गर्छ ।
आयुर्वेदमा अग्नीको १३ प्रकार बताइएको छ । जसमा जठराग्नी वा पाचक अग्नीलाई मुख्य मानिएको छ । पाचन अग्नी कमजोर हुनु वा अधिक हुनु भनेको शरीरमा रोगलाई निमन्त्रणा गर्नु हो । कायचिकित्सा अन्र्तगत यही रोगको उपचार गरिन्छ । ज्वरो, मधुमेह, कुष्ठरोग, गठिया, पखला, एनिमिया, पायल्स, पेट सम्बन्धी र अरु गुप्त रोगको उपचार कायचिकित्सा अन्र्तगत गरिन्छ ।
बालरोग चिकित्सा
गर्भावस्थाको समय महिलाको रोगको उपचार र प्रसूतीपछि शिशुको रेखदेख र उनको उपचार बालरोग चिकित्सा अन्र्तगत पर्छ । यो आयुर्वेद चिकित्सा पद्धतीाके दोस्रो मूख्य अंग हो ।
प्रसवका लागि सही विधी छनौटदेखि स्तनपान र प्रसवपछि हुने हरेक सानो-ठूलो समस्याको निदान गरिन्छ ।
भूत विद्या
यस अन्र्तगत मूख्य रुपले मानसिक रोगको उपचार गरिन्छ । भूतविद्या अन्र्तगत डोरीले बाँध्नु, नाकमा औषधि हाल्ने जस्ता विधी प्रयोग गरिन्छ । यही विधीबाट मानसिक रोगको उपचार गरिन्छ ।
यसका साथै आयुर्वेदमा ब्याक्टेरिया र जीवाणुलाई राक्षस, पिशाच, असुर आदि नामले पुकारिन्छ । हाम्रो शरीरमा हुने कुनैपनि रोग यही व्याक्टेरिया र जीवाणुले हुनेगर्छ । शरीरमा ब्याक्टेरियाबाट हुने रोगको उपचार पनि यही भूतविद्याबाट गरिन्छ ।
शल्य चिकित्सा
सर्जरी अर्थात शल्यक्रियाबाट गरिने उपचार पद्धतीलाई आयुर्वेदमा शल्यचिकित्सा नामले जानिन्छ । कुनैपनि चोट लागेपछि वा गंभिर घाउ भएपछि यसको उपचार विधी खोजिन्छ, जसमा शल्यक्रिया जरुरी हुनसक्छ । सुश्रुतका अनुसार कुनैपनि चोट लाग्ने वा घाउ हुनेका साथे अतिरिक्त विकार बनेर जुन रोग फैलन्छ, त्यसको उपचारका लागि शल्य चिकित्साको मद्दत लिइन्छ ।
शालाक्य तन्त्र
गला र गलाका काथि रहेका अंगहरु मुख, नाक, कान र आँखासम्बन्धी जोडिएका समस्याको उपचार शालाक्या तन्त्र अन्र्तगत गरिन्छ । यसका शलाकाको मद्दतले उपचार गरिन्छ । एलोपेथीमा यसलाई इएनटी र अप्थाल्मोलोजी भनिन्छ ।
अगद तन्त्र
अलग अलग किसिमको विषको पहिचान र त्यसबाट हुने समस्यको उपचार अगद तन्त्र अन्र्तगत पर्छ । आयुर्वेद अनुसार विष कुनैपनि किसिमको हुन्छ जस्तो रुख विरुवाबाट, खनिजबाट वा अरु माध्यामबाट निस्कने विष । सर्प, विच्छु आदिको टोकाइबाट निस्कने विषय । यी भिन्न भिन्न किसिमको विषलाई भिन्न भिन्नै उपचार विधी अपनाएर गरिने उपचारलाई अगद तन्त्र भनिन्छ ।
रसायन तन्त्र
आयुर्वेदमा रस र धातुको विशेष महत्व बताइएको छ । यस रस र धातुको कमी वा धेरै हुनु वा असन्तुलन हुनुले शरीरमा रोग उत्पन्न हुन्छ । यसरी उत्पन्न रोगको उपचार गर्ने विधीलाई रसायन तन्त्र भनिन्छ । खासगरी आयुर्वेदको यस शाखामा अनुहारको रुखोपन, कपाल सेतो हुने, कपाल झर्ने जस्ता रोगको उपचार गरिन्छ ।
वाजीकरण तन्त्र
यौन सम्बन्धीत समस्या र त्यसको उपचार वाजीकरण तन्त्र अन्र्तगत गरिन्छ । आयुर्वेदका अनुसार जुन चिकित्साले हाम्रो प्रजनन क्षमतालाई बढाउन सहयोग गर्छ त्यसलाई वाजीकरण भनिन्छ । यस अन्र्तगत नपुंसकता, शुक्राणुको कमी, शरीरको कमजोरी आदि रोगको उपचार गरिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-