बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तेस्रो लहरको जोखिम ! जोखिम, तयारी कस्तो छ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १४, २०७८ ०२;२५ बिहान प्रकाशित
भारतमा ५० हजार नयाँ सङ्क्रमित थपिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं  : कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन।

पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न सबै अस्पताल (सरकारी, निजी, सहकारी र सामुदायिक) लाई निर्देशन दिएको छ।

तर, संक्रमणको तेस्रो लहरमा भने डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमणले बालबालिका प्रभावित हुने आँकलन विज्ञहरूले गरेका छन्। डेल्टा प्लसको संक्रमण नेपालसहित १० मुलुकमा पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सूक्ष्म जीव विज्ञान विज्ञ डा. प्रकाश घिमिरेका अनुसार, पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रमण डेल्टा र डेल्टा प्लसले गराएको छ। छिमेकी भारतमा तीव्र रूपमा संक्रमण गराइरहेको डेल्टा प्लसका संक्रमण नेपालमा पनि पाइएको छ।

भारत, अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, जापान, पोर्चुगल, पोल्याण्ड, रुसलगायतका मुलुकमा देखा परिसकेको छ। भारतका १२ राज्यमा डेल्टा प्लसको संक्रमण पाइएको छ। जसमध्ये ८ वटा राज्यमा डेल्टा भाइरसका संक्रमितहरू बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

डेल्टा र यसको उत्परिवर्तित भेरियन्टको बढी संक्रमण दसैंको आसपासमा हुने विज्ञहरूको अनुमान छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘डेल्टा प्लसले नै तेस्रो लहर ल्याउँछ भन्ने यकिन छैन। तर, छिमेकी मुलुकमा संक्रमण बढाइरहेकाले नेपालमा पनि चाडपर्वको बेला जुनसुकै उमेरका व्यक्तिलाई संक्रमण बढ्ने जोखिम छ। यसबाट बालबालिका मात्र नभई खोप नलगाएका अन्य उमेरका व्यक्ति पनि संक्रमित हुन सक्छन्।’

नेपालमा डेल्टार डेल्टा प्लससहित अन्य दुईवटा भाइरसको संक्रमण पाइएको छ। गत वैशाख २६ देखि जेठ २० गतेसम्म मुलुकका विभिन्न भागमा विभिन्न उमेर समूहका व्यक्तिहरूबाट ४८ वटा नमुना संकलित गरिएको थियो। संकलित नमुनाहरूको जिनोमिक पहिचान (सिक्वेन्सिङ) गर्दा अधिकांशमा डेल्टा भेरियन्ट पुष्टि भएको थियो। संकलित ४८ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी जिनोम सिक्वेन्सिङका लागि भारत पठाइएको थियो। जसमध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको डा. अधिकारीले जानकारी दिए। डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन (के ४१७एन म्युटेसन) भेटिएको छ। यसलाई एवाई १ नामाकरण गरिएको छ।

डेल्टाको उद्गम मुलुक भारत हो। गत वर्ष पुसमा यो भेरियन्टको पहिचान भएको थियो। त्यस्तै डेल्टा प्लस भेरियन्टको गत वर्ष चैतमा युरोपमा पहिचान भएको थियो। दोस्रो लहरमा व्यापक संक्रमण गराउनमा डेल्टा भाइरस जिम्मेवार रहेको विज्ञहरूको अनुमान छ।

स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाका वरिष्ठ कन्सल्ट्याण्ट डा. प्रकाश बुढाथोकी पनि संक्रमण फैलने जोखिम रहेको औल्याउँछन्। ‘स्मार्ट लक डाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको छ। घरभित्र थुनिएका व्यक्तिहरू काममा दौडिनु स्वाभाविक हो,’ डा.बुढाथोकीले भने, ‘विश्वभरि नै खोपको अभाव छ। सरकारले लक्षित जनसंख्यालाई खोप लगाउन चाहेर पनि सकिएको छैन। केही महिनामै संक्रमण बढ्ने डर कायम नै छ।’ खोप पनि नपाएको र जनस्वास्थ्य मापदण्ड अपनाउने तदारुकता पनि नदेखिएको उनले बताए।

जोखिम कस्तो छ ?
कोरोना भाइरसका मुख्य १२ प्रजातिमध्ये सबैभन्दा बढी संक्रामक डेल्टा भेरियन्ट र यसको उत्परिवर्ति रूप डेल्टा प्लस भएको पाइएको छ। यो बढी संक्रामक रहेको र फोक्सोको कोषिकामा संक्रमण गराउने जनाइएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित एक विवरणअनुसार, अल्फा भेरियन्टभन्दा डेल्टाबाट संक्रमितको अस्पताल भर्ना हुने दर दोब्बर छ। यसले सबै उमेर समूहका महिला÷पुरुषलाई संक्रमण गराउने विभिन्न अध्ययनबाट पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोना संक्रमणको पहिलो लहरमा अल्फा भेरियन्टको संक्रमण बढी थियो। दोस्रो लहरमा डेल्टा, कप्पार डेल्टा प्लस भेरियन्टले संक्रमणलाई व्यापक पाइएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल डेल्टा भाइरस यसको उत्परिवर्तित रूपका रुपमा रहेको डेल्टा प्लस बढी संक्रामक रहेको बताउँछन्।

आइतबार मुलुकभर १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। अहिले पनि कति संक्रमितमा डेल्टा र डेल्टा प्लस देखिएको हो भन्ने यकिन हुन सकेको छैन। नेपालमा अल्फा बाहेक अन्य भेरियन्ट पहिचान गर्न सक्दैन।

संभावित संक्रमितले समयमै परीक्षण गर्न नसक्दा संक्रमण बढिरहेको बताउँछन्। ‘कोरोना भाइरसको लक्षण भएका सबै व्यक्तिको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ। समयमै परीक्षण गराए संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुग्थ्यो,’ उनले भने।

तयारी कस्तो छ ?
उपचारात्मक शाखा काडा बुढाथोकीका अनुसार कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका जोखिममा पर्न सक्ने आँकलन गरिएको छ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ज्येष्ठ एवं वयस्कहरू बढी संक्रमित भएका थिए। ‘कोरोना भाइरस संक्रमणलाई परास्त गर्न सफल व्यक्तिहरूमा एन्टिबडी बनिसकेको छ। यहीँ उमेर समूहका व्यक्तिहरू प्राथमिकतामा परेर खोपसमेत लगाइसकेका छन्।’ डा. बुढाथोकीले भने, ‘त्यसैले तेस्रो लहरमा बालबालिका संक्रमित हुन सक्ने संभावना रह्यो। बालबालिकाले खोप पनि लगाउन पाएका छैनन्। जनस्वास्थ्यका मापदण्डसमेत पालना नगर्ने हुनाले बालबालिका बढी जोखिममा छन्।’

मुलुकमा केन्द्रीय अस्पतालका रूपमा एउटा मात्र कान्ति बाल अस्पताल छ। डा. बुढाथोकीका अनुसार, बालबालिका संक्रमित भए कसरी व्यवस्थापन गर्ने भनी गाइडलाइन बनाउन लागिएको छ। ‘गाइडलाइन बनाउने क्रमसँगै कुन कुन औषधि सिफारिस गर्न मिल्ने, कुन सरसामग्री आवश्यक पर्ला भनेर सूची तयार गर्ने काम भइरहेको छ,’ उनले भने। स्वदेशमै सामग्री उपलब्ध हुन नसकेमा बाहिरि मुलुकबाट खरिद गरेर ल्याइने डा. बुढाथोकीले बताए।

नेपालमा बाल रोग विशेषज्ञको संख्या झण्डै २ सय छ। बालरोग विशेषज्ञहरू ठूला सहरहरूमा सीमित छन्। मुलुकभरिका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीलगायत सरकारी संस्था र निजी एवं सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यसमेत सञ्चालन गरिएको डा. बुढाथोकीले जानकारी दिए।

‘होम आइसोलेसनमा बसेको अवस्थामा कसरी परामर्श दिने भन्ने विषयमा पनि ओरियन्टेशन दिँदै छौं,’ उनले भने।-अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!