बैदेशिक पोष्ट
२०८३ बैशाख ४, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोटोपनका कारण हुनसक्छ यस्ता गम्भिर स्वास्थ्य समस्या, तौल घटाउन के गर्ने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १५, २०७८ ०२;४२ बिहान प्रकाशित
मोटोपनका कारण हुनसक्छ यस्ता गम्भिर स्वास्थ्य समस्या, तौल घटाउन के गर्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ । मोटोपन स्वास्थ्यको लागि राम्रो होइन । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि फाइदाजनक मानिदैन ।

त्यसैले त मोटोपनकै कारणले विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन् । मोटोपन कसरी घटाउने भन्ने विषयमा मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले सामाजिक सञ्जालमार्फत गराएको जानकारीलाई यहाँ प्रस्तुत गरिएको छः अधिकांशलाई आफ्नो तौल ठिकै छ भन्ने लाग्छ ।

मेरो तौल ठिक छ भन्ने लाग्ने व्यक्तिको तौल भने वास्तवमा ‘ओभर तौल क्याटोगोरी’मा पर्छ । अर्थात त्यस्ता व्यक्रिको तौल आवश्यक भन्दा १० देखि १५ किलोसमम बढी हुनसक्छ ।

तौल घटाउनु भन्दा पहिला कति तौल घटाउने हो भन्नेमा निश्चित हुन जरुरी छ । तौल घटाउन सबैले प्रयास गर्छन् तर सफल हुन सक्दैनन् । मेरो आफ्नै कुरा गर्नु पर्दा मेरो तौल ६५ हुनुपर्नेमा ७७ थियो मेरो १२ किलो तौल बढी थियो ।

Motopan.JPG

बढी भएको तौलले ५ देखि १० वर्षमा मेरो शरीरमा मधुमेह, ब्लड प्रेसर , क्लोस्टोर र मुटुमा समस्या निम्त्याउन सक्छ । १०–२० वर्षपछि मस्तिष्क, कलेजो, पेट,फोक्सो र क्यान्सर समेत निम्त्याउन सक्छ । जति लामो समयसम्म बढी तौल लिएर बस्यो त्यति धेरै रोग लाग्ने सम्भावना रहन्छ ।

तपाईँको बढी भएको तौल ५ देखि १० प्रतिशत घटाउन सक्नुभयो भने मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ । तौल घट्ने वित्तिकै स्वास्थ्यमा धेरै सुधार आउन थाल्छन् । यसरी तौल ठीक भए बोडरलाइन सुगर र ब्लडप्रेसर भएकाले नियमित औषधि खान पनि पर्दैन ।

त्यसैले तौल घटाउन कति महत्व छ भन्ने बुझ्न जरुरी छ । तौल घटाउनु पर्छ भन्ने कुराको बारेमा धेरैलाई थाहा छ, तर पनि घटाउन सकिरहेका छैनन् । तौल घटाउनु पर्छ भन्ने लागेको छ भने एउटा संकल्प लिनुपर्छ, अनुशासनमा बस्नुपर्छ ।

तौल घटाउन भन्दै दुई–चार दिन हिँड्नुहुन्छ र त्यसपछि हिँड्न छोड्नुभयो भने तौल घटाउने सम्भवन हुन्न । केही कुरामा ध्यान दिने हो भने तौल सजिलै घटाउन सक्छौँ ।

पहिला तपाईँको तौल कति छ रु जो आफूलाई मोटो मान्ने व्यक्तिहरु हुन्छन् – त्यस्ता व्यक्तिको २० देखि ३० किलो तौल धेरै हुनसक्छ । तर यो सबै तौल सुरुकै अवस्थामा घटाउन सकिन्न र मिल्दैन पनि । वैज्ञानिकको कुरालाई मान्ने हो भने एक वर्षमा १० देखि १५ किलो तौल मात्रै घटाउनु पर्ने हुन्छ ।

एक महिनामा म एक किलो तौल घटाउँछु भन्ने योजनाका साथ लाग्नु भयो भने तौल घटाउन सजिलो हुन्छ र तौल घटाउँदा स्वास्थ्यमा हुने कुनै पनि समस्या देखा पर्दैन। कसरी हुन्छ मोटोपन ?

मोटोपना के हो ? यो कसरी हुन्छ रु भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ । बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि टाँसिएर बसेको हुन्छ ।

बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ ।

अर्को एउटा कुरा बुझ्न के जरुरी छ भने हाम्रो शरीर सञ्चालको लागि सामान्य रुपमा क्यालोरी चाहिन्छ । मैले भन्न खोजेको हामी निदाएको समयमा पनि हाम्रो मस्तिष्क, मुटुलगायत धेरै अङ्गहरु सञ्चालनमा हुन्छन् ।

सञ्चालन भएका अङ्गलाई मेन्टन गर्नको लागि क्यालोरी चाहिन्छ । कसैलाई कम खाँदा पनि मोटोपना हुन्छ भने कसैलाई धेरै खादा पनि हुँदैन । यसको कारण भनेको व्यक्ति विशेष स्ट्रकचर, फिजियोलोजी र फङ्सन अनुसार भरपर्ने कुरा हो । तर थोरै खाए पनि मोटोपना हुन्छ भने के बुझ्नु पर्छ भने त्यो व्यक्तिले अलि मेहेनत गर्नुपर्ने जरुरी छ । बढी क्यालोरी हुने खानेकुरा कुरा कम खानुपर्छ ।

क्यालोरी खर्च हुने गरी व्यायाम गर्नुपर्छ । अनावश्यक खानपानलाई त्यागौँ चिया, मिठाई, केक, बिस्कुट, मदिराजस्ता खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ । यस्ता खानेकुरालाई हामीले खानामा गन्दैनौँ तर क्यालोरी अर्थात शरीरमा बोसोको मात्रा बढाउने खानेकुराहरु भने यिनै हुन् । यस्ता खानेकुराहरु भोक नलागे पनि यतिकै खाइन्छ ।

यस्ता खानेकुरालाई घटाउने हो भने मोटोपना यतिकै घटाउन सकिन्छ । तौल बढ्ने पहिलो कारण भनेको तपाईँ अनावश्यक खानुहुन्छ । दोस्रो कारण जति खाएको खानालाई घटाउनु पर्ने अर्थात व्यायाम गर्नुपर्ने हो त्यो भएको हुँदैन ।

Motopan.JPG

प्रायः तौल बढी भएका व्यक्तिहरुमा के कारण रहेको छ भने धेरै खाने र कम व्यायाम गर्ने । मानौ कुनै व्यक्तिको तौल ६० किलो छ । ऊ दिनमा ४ पटक खाना खान्छ र दिनमा ३ किलोमिटर हिँड्छ भने उसको तौल ब्यालेन्समा हुन्छ । खानालाई बढाइयो तर व्यायामलाई बढाइएन भने तौल अवश्य बढ्छ ।

आफ्नो दैनिक क्रियाकलापमा १० देखि १५ प्रतिशत बढाउने र खानामा १० प्रतिशत घटाउने हो भने २० देखि ३० प्रतिशत तौल नियन्त्रण हुन्छ ।

तौल घटाउने अन्य टिप्सः

– साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ ।

यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ ।

– सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ ।

– हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।

– शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!