काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंबाहेक अन्य सबै जिल्लामा १०० भन्दाकम संख्यामा संक्रमित थपिएका छन् । काठमाडौंमा ३१६ जना संक्रमित थपिएका छन् भने उपत्यकाबाहिर सबैभन्दा धेरै झापामा ८६ जना थपिएका छन् ।
त्यस्तै सुनसरीमा ७३, ललितपुरमा ७८, चितवनमा ५३, धादिङमा ५२ र कास्कीमा ६४, जना संक्रमित थपिएका हुन् । मुलुकभर ११ हजार ५६८ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ ।
अन्य जिल्लामा थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ । आज इलाम, उदयपुर, ओखलढुंगा लगायतका ३६ जिल्लामा थपिने संक्रमितको संख्या १० भन्दा कम रहेको छ ।
आज देशभर होम आइसोलेसनमा २६ हजार ३३६ जना, संस्थागत आइसोलेसनमा, २ हजार ९३८ जना, आईसीयूमा ६३२ जना र भेन्टिलेटरमा १८१ जना रहेका छन् । नेपालमा अहिले कोभिड संक्रमणमुक्त हुने दर ९४.०१ र मृत्युदर १.४३ प्रतिशत रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-