बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदेश १ मा फेरि बढ्यो संक्रमण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार २१, २०७८ ०३;३२ बिहान प्रकाशित
घरमै स्वाब संकलनका लागि बोलाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनोस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विराटनगर : प्रदेश १ मा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। दोस्रो लहरपछि महामारीको रूप लिएको संक्रमण विस्तारै कम हुँदै गइरहेका बेला पुनः बढ्न थालेको हो।  सुरुआती चरणमा महामारीले भयावह रूप लिँदा उत्पन्न असामान्य अवस्था जेठ अन्तिम साताबाट संक्रमण कम हुँदै जाँदा सहज हुन थालेको थियो। तर असार दोस्रो साताबाट दैनिक संक्रमण बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ।

प्रदेश १ मा असार १३ गते १ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो। १४ गते १ हजार २३ परीक्षण हुँदा ३ सय ४२, १५ गते १ हजार २ सय ९८ मा ३ सय ६२, १६ गते १ हजार १ सय २ मा ३ सय ६८, १७ गते १ हजार ३ सय ५९ मा ४ सय ७८, १८ गते ८ सय ९४ मा ३ सय ८, १९ गते ५ सय ७५ जनाको परीक्षण हुँदा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। असार २० अर्थात् आइतबार ८ सय ३ जनाको पीसीआर परीक्षण हुँदा ३ सय १२ जनामा कोरोना यकिन भएको छ।

प्रदेश १ मा हालसम्म ७३ हजार ३८ जनामा संक्रमण पुष्टि भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६५ हजार ५ सय ३५ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किसकेका छन्। हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय २८ रहेको छ। सामान्य अवस्थाका अधिकांश होम आइसोलेसनमा छन्। प्रदेश १ मा हालसम्म कोरोनाका कारण १ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ४ सय ६५ जनाले पहिलो भेरियन्टमा ज्यान गुमाएका थिए। पहिलोभन्दा दोस्रो भेरियन्टमा मृत्यु हुने संक्रमितको संख्या झन्डै दोब्बर छ। दोस्रो भेरियन्टमा ८सय १० जना संक्रमितको मृत्यु भएको तथ्यांक सामाजिक विकास मन्त्रालयसँग छ।

‘दोस्रो भेरियन्टपछि अवस्था सामान्य बन्दै गइरहेका बेला फेरि संक्रमण बढ्न थालेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। उनका अनुसार दैनिक संक्रमण यकिन हुने र उपचारका लागि अस्पताल भर्ना हुने संख्याले कोरोनाका बिरामी बढ्न थालेको पुष्टि हुन्छ। डा. दासका अनुसार खाली भएका अस्पतालका बेडहरूमा पुनः भर्ना हुने बिरामीको चाप बढेको छ। दोस्रो भेरियन्टपछि संक्रमण दर १५ प्रतिशतमा झरेको उनले बताए। ‘महामारी चरमबिन्दुमा पुग्दा ५० प्रतिशतसम्मको रिपोर्ट पोजिटिभ आउँथ्यो,’ उनले भने, ‘तर १५ प्रतिशतमा झरिसकेको संक्रमण पुनः बढेर ५० प्रतिशत हाराहारीमा पुगेको छ।’ पछिल्लो समय संख्या पुनः बढ्न थालेपछि बेडको अभाव नै हुने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको डा. दासले बताए।  कोसी अस्पताल कोभिड केयर सेन्टरमा ७५ जनासम्म बिरामी भर्ना गरेर उपचार गरिएको थियो। असार १२ गते ९ जना मात्रै संक्रमित थिए। अहिले अस्पतालमा उपचाररत संक्रमितको संख्या २५ पुगिसकेको छ। ‘अब संक्रमण घट्यो होला भन्ने अपेक्षा गरिएको थियो,’ डा. दासले भने, ‘तर पछिल्लो तथ्यांकले बढ्दै गएको देखाएको छ।’ अस्पतालमा शंकास्पद बिरामी पनि धेरै आउन थालेका छन्। यसअघि एक दिनमा ७ जनाभन्दा बढी बिरामी भर्ना हुन्थे। ‘केही दिन नयाँ भर्ना शून्य थियो। अवस्था सामान्य भयो भन्ने ठानेका थियौँ,’ डा.दासले भने, ‘तर अहिले पुनः दैनिक ४ जनासम्म भर्ना गर्नुपर्ने अवस्था छ। यही स्थिति हो भने परिस्थिति झन् जटिल बन्छ होला।’  मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा ३ सय जनासम्म संक्रमितको उपचार हुन्थ्यो। त्यो संख्या घटेर २० मा झरेको थियो। अस्पतालले बेड पनि घटाएर एक सयमा झा¥यो। अहिले ६५ मा सीमित छ।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार अहिले ४५ जना संक्रमित उपचाररत रहेकोमा २२ जनाको आईसीयूमा उपचार भइरहेको छ। ‘संक्रमण निक्कै कम भएर गएको थियो,’ उनले भने, ‘तर अहिले तेस्रो भेरियन्ट नै आएको हो किजस्तो देखिने गरी संक्रमण बढ्दै गएको छ।’ देवका अनुसार पछिल्लो समय फेरि अवस्था गम्भीर बनेका र आईसीयू चाहिने बिरामीको संख्या बढ्न थालेको छ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार अहिले केन्द्रमा ७२ संक्रमितको उपचार भइरहेको छ। २१ जना आईसीयूमा छन्। महामारी चरमबिन्दुमा पुग्दा ९६ जनाभन्दा बढीको उपचार गर्नुपर्ने अवस्था थियो। त्यो संख्या घटेर ४० मा झरिसकेको अवस्थामा फेरि बढेर ७२ पुगेको राजवंशीले बताए। ‘तीन÷चार दिनदेखि उपचारका लागि आउने संक्रमित बढेका छन्,’ उनले भने, ‘अवस्था पुनः जटिल बन्ने देखिन्छ।’

नोबेल शिक्षण अस्पतालका कोभिड फोकल पर्सन दीपेश न्यौपानेका अनुसार संक्रमण कम हुँदै गएपछि बिरामीको निःशुल्क उपचारका लागि सरकारले निजी अस्पतालसँग गरेको सम्झौता नै भंग गरेको छ। ‘असार १४ गते सम्झौता खारेज गर्दै सरकारले निजी अस्पताललाई निःशुल्क उपचारका लागि बिरामी भर्ना नगर्नू भनिसकेको छ,’ उनले भने, ‘त्यही भएकाले नयाँ भर्ना बन्द गरेर पुराना बिरामीको मात्रै उपचार गर्दैछौँ।’

नयाँ भर्नाका लागि आउने बिरामीलाई सरकारकै निर्देशनअनुसार सरकारी अस्पताल वा प्रतिष्ठानतिर पठाउने गरिएको न्यौपानेले बताए। उनका अनुसार नोबेलमा अहिले ६८ जना पुराना संक्रमितको उपचार भइरहेकोमा २५ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। -अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!