बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कसले पाउँछन् चीनबाट आउने खोप ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार २१, २०७८ ०८;११ बिहान प्रकाशित
vaccine
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोस्रो डोजको पर्खाइमा रहेका १३ लाख नागरिकका लागि पनि पहल जारी

काठमाडौं । सरकारले जुलाई महिनाभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने भएको छ । चीन सरकारसँगको गोप्य सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट)मा कोभिड–१९ विरुद्धको भेरोसेल खोप ल्याउन लागिएको हो ।

जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चीनबाट विभिन्न चरणमा खोप खरिद गर्न लागिएको हो ।

कति खोप आउँदैछ चीनबाट ?

जुलाई महिनाभित्र ४० लाख डोज खोप ल्याउने पहल भएको भए पनि खोपको मात्रा यकिन नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यद्यपि, प्रधानमन्त्री कपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चीनबाट ४० लाख डोज खोप ल्याइने भन्दै खोप आयातको उडान तालिकासमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

“अहिलेको आवश्यकता भनेको कुनै पनि हालतमा खोप ल्याउनु हो । खोपको मूल्यलगायत सम्झौतामा भएका सबै कुराहरू अहिलेलाई नखुलाऔँ,” विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने ।

नेपाल वायुसेवा निगमले भने असार २५ देखि साउन ८ गतेसम्म गरी तीन चरणमा आफ्नो जहाज खोप लिन चीनको बेइजिङ जाने जनाएको छ ।

कसले पाउँछन् चीनबाट ल्याएको खोप ?

चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ । यो उमेर समूहका नागरिकको संख्या १७ देखि झन्डै १८ लाख रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए ।

अबको खोपको प्राथमिकतामा सिन्धुपाल्चोक र मनाङका बाढी तथा पहिरो प्रभावित नागरिकलाई पनि राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेश जान लागेका, नागरिकलगायत विभिन्न पेशागत समूहका नागरिकले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय नगरिएको डा. पोख्रेल बताउँछन् ।

“कुनै निश्चित स्थानमा संक्रमणले महामारीको रूप लियो अथवा खोप दिनैपर्ने विपत्ति आइलाग्यो भने मन्त्रिपरिषद्को निर्णयमा प्राथमिकता समूह थपिनेछ । अन्यथा अहिलेको प्राथमिकता भनेको उमेर समूह नै हो,” डा. पोखरेलले भने ।

दुवै डोज दिइने 

चीनबाट ल्याउन लागिएको खोप पनि सरकारले एकै व्यक्तिलाई दुई डोजका दरले (पूर्णखोप) दिने तयारी गरेको छ । खोप कति मात्रा आउने भन्ने निश्चित भएपछि दोस्रो डोजका लागि समेत सुरक्षित गरी खोपको वितरण सुरु गरिनेछ ।

खोपको उपलब्धताका आधारमा खोप लगाउने समूह थप्दै लगिने डा. पोख्रेलले बताए ।

दोस्रो डोज कोभिसिल्ड लगाउनेको पालो कहिले ?

कोभिसिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १३ लाख नागरिकका लागि पनि सरकारले दोस्रो डोज दिने पहल गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत साढे तीन लाख डोज खोप यही जुलाई महिनाभित्र आउने डा. पोख्रेलले जानकारी दिए ।

दश लाख डोज कोभिसिल्ड खोप खरिदका लागि भुक्तानी लिइसकेको भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले भारत सरकाले निर्यत खुला गर्ने वित्तिकै नेपाललाई पहिलो चरणमा खोप दिने प्रतिबद्धता गरेको पनि उनले बताए । “भारतबाट १० लाख र कोभ्याक्सबाट साढे तीन लाख डोज कोभिसिल्ड खोप आएमा दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिन पुग्छ । हामी त्यसका लागि पनि प्रयासरत छौँ,” उनले भने ।

यो बाहेक, अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप ल्याउनका लागि पनि पहल भइरहेको डा. पोख्रेलको भनाइ छ । यद्यपि कोभ्याक्स अन्तर्गत आउने साढे तीन लाखबाहेक कुनैपनि खोपको टुङ्गो भने लागिनसकेको उनको भनाइ छ ।

नेपालमा हालसम्म ७ लाख ५८ हजार ४६ जनाले दुवै डोज र २६ लाख ६ हजार ५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यसअघि जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकलाई सरकारले असार २२ गतेदेखि दोस्रो डोज खोप दिँदैछ । -१२ खरी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!