काठमाडौं । चीनबाट ल्याउन लागिएको कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाने भएको छ। निगमको वाइटबडी ए ३३० जहाज आज चीन जान लागेको स्वास्थ्य मन्त्रालय जनाएको छ।
नेपालले जिटुजीमार्फत चीनबाट खोप ल्याउन लागेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जहाज त्यसतर्फ जाने बताए।
उनकाअनुसार आज साँझ निगमको विमान चीन जाँदै छ र जहाजले असार २५ गते (भोली) खोप ल्याएर फर्कने छ।
यस्तै निगमको तालिका अनुसार असार ३१ गएर साउन १ गते तथा साउन ७ गते गएर साउन ८ गते खोप ल्याएर जहाज फर्किने छ। चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।
खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने मन्त्रालयको तयारी रहेको छ।-डिसी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-