काठमाडौं । काठमाडौं जिल्लामा कोभिड १९ विरुद्धको भेरोसेल खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । स्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोप सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो ।
साउन ४ गतेसम्मका लागि तय गरिएको भेरोसेल पहिलो डोज खोप दिने कार्यक्रममा हाललाई स्थगित गरिएको कार्यलयको सूचनामा उल्लेख छ ।
काठमाडौंका ५० वटा केन्द्रबाट असार २९ गतेदेखि ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातका कर्मचारी, लगायतका ५ वटा लक्षित समूहलाई खोप दिइएको थियो ।
हिजोसम्म काठमाडौं जिल्लामा ५८ हजार ६२० जनाले पहिलो डोज भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय काठमाडौको तथ्यांक छ ।
प्रतिक्रिया लेख्नुहोस्:-