बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

असोजसम्म एक तिहाइ नेपालीलाई खोप

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन ३, २०७८ ०२;३२ बिहान प्रकाशित
किन स्थगित भयो भरोसेल खोप अभियान ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन ३ गते । केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।
मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ । थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको जानकारी दिनुभयो ।
अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने जानकारी गराउँदै उहाँले भन्नुभयो, “जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् । खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिनुभयो ।
नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उहाँले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराउनुभयो । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।
प्रवक्ता पौडेलका अनुसार अब जापानबाट थप १६ लाख मात्रा खोप आउँदै छ । यो खोप कोभ्याक्स सुविधाभन्दा छुट्टै रहेको बुझाइ छ । जापानबाट आउने खोप पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख वृद्धलाई दोस्रो डोज लगाउन मिल्ने भएकाले त्यसैअनुसार व्यवस्थापन गरिने छ । नेपाललाई प्रारम्भमै भारतले १० लाख र चीनले १८ लाख मात्रा खोप अनुदानमा दिइसकेको छ । चीनले सुरुमा आठ लाख मात्रा र दोस्रो पटक थप १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो ।
भारतले पनि सुरुमा १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो । भारतसँग सरकारले छुट्टै २० लाख मात्रा खोप गरिद गरेकोमा १० लाख मात्रा आइसकेको छ । बाँकी १० लाख मात्रा खोप आउन बाँकी छ । त्यहाँ कोरोनोको दोस्रो लहरले दिनमै साढे चार लाखसम्म मानिस सङ्क्रमित हुन थालेपछि अदालतले निर्यातमा रोक लगाएको थियो । तथापि त्यसबीचमा भारतबाटै कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा खोप नेपाल आइसकेको छ ।
यही असार २८ गते कोभ्याक्समार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप पनि नेपाल आइसकेको छ । यसैगरी भारतबाट नेपाली सेनाका लागि एक लाख मात्रा खोप अनुदानमा प्राप्त भई प्रयोगमा आएको छ । हालसम्म २७ लाख नेपालीले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।
अमेरिकाले दिएको जोन्सन एन्ड जोन्सन खोप साउन ४ गतेबाट लगाउने तयारी छ । उक्त खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । हालसम्म नेपालमा २७ लाख ६८ हजार नागरिकले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेका छन् । हालसम्म ११ लाख २० हजार २८२ जनाले दुवै मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्ड र नौ लाख ३७ हजार २२५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै चार लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड र छ लाख ५९ हजार ५४८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । सरकारले हाल कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी राखेको छ । खोप खरिदका लागि सरकारको प्रयास जारी छ ।
प्रवक्ता पौडेलका अनुसार खोप खरिदअन्तर्गत नेपालले हालसम्म भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर १८ लाख मात्रा खोप ल्याइसकेको छ । चीनसँग खरिद गरेको बाँकी ३२ लाख मात्रा खोप आउन बाँकी छ भने भारतसँग खरिद गरेको १० लाख मात्रा खोप आएको छैन । चीनसँंग खरिद गरेको खोप लिन साउन ६, ७, ८ र ९ गते नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । चार पटक गरेर ३२ लाख मात्रा खोप नेपाल आउन लागेको हो ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!