काठमाण्डाै – ललितपुर महानगरपालिकाले आज, भोलि र पर्सि ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ ।
कोरोना विरुद्धको भेरोसेल खाेपकाे पहिलो मात्रा लगाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । ४५ वर्षभन्दा माथिका व्यक्तिका लागि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन खोप कार्यक्रम हुनेछ ।
साथै १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र त्यसको विस्तृत कार्यक्रमपछि सार्वजनिक गरिने महानगरपालिकाले जनाएकाे छ।
प्रतिक्रिया लेख्नुहोस्:-