काठमाडौँ, साउन १५ गते । प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/७८ मा अनुुगमन गरी १६५ वटा नमुना सङ्कलन गरेर परीक्षण गरिएकामा १६ वटा प्रशोधित पानीका उद्योगविरुद्ध मुुद्दा दर्ता गरेको जनाएको छ ।
विभागले आव २०७७/७८ मा खाद्य ऐन र नियमानुसार न्यून गुणस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा एक सय थान मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६ वटा मुुद्दा दायर गरेको जनाइएको छ ।
विभागका महानिर्देशक उपेन्द्र रायले गत आवमा दर्ता गरिएका धेरै मुुद्दा प्रशोधित पिउने पानीको भएकाले यसको सुधार गर्न विभागको अनुुगमन केन्द्रित भएको जानकारी दिनुुभयो । उहाँका अनुसार मुुद्दा दर्ता गरिएका प्रशोधित पिउने पानीका उद्योग अधिकांश उपत्यकाबाहिरका रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-