काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ५१९ जनाको परीक्षण गर्दा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९१६ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार २६३ पीसीआर परीक्षण गर्दा २ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २५६ परीक्षण गर्दा ८२६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-