सिन्धुपाल्चोक, साउन १७ गते । मेलम्ची नगरपालिकामा ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा गाए रातीबाट एकै गाउँका ३० जना बिरामी भएका छन् । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले ती सबै बिरामीलाई अस्पताल पु-याईएको जानकारी दिनु भयो ।
बिरामी भएका सबैमा फूड पोइजन हुन सक्ने स्थानीय स्वास्थकर्मीहरुले जनाएका छन् । ३० जनामा झाडापखला, वान्ता हुने समस्या देखिएको छ । स्थानीय अस्पताल र घरमा नै बिरामीहरुको उपचार भईरहेको छ । स्थानीय अस्पतालमा उपचार नभएमा राजधानी उपचारका लगिने बिरामीका आफान्तजनले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-