१९ साउन, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक लगायतले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका जेष्ठ नागरिकसहितलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिएका हुन् ।
खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोप दिइने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया लेख्नुहोस्:-