बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तत्काल तेस्रो लहरको सम्भावना छैन, खतरा कायमै : विज्ञ

के अहिले संक्रमणको तेस्रो आउन लागेको हो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन २६, २०७८ २०;२४ मध्यान्ह प्रकाशित
तत्काल तेस्रो लहरको सम्भावना छैन, खतरा कायमै : विज्ञ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोरोना संक्रमण दर बढिरहँदा तेस्रो लहरको चेतावनी सरकारले दिएसँगै मानिसमा त्रास पैदा भएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दै जानु र कोरोना संक्रमितको मृत्यू हुने दर पनि नघट्नुले फेरि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने संकेत रहेको भन्दै सरकारले नागरिकलाई सचेत गराउदै आएको छ ।

तर टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने अहिले नै तेस्रो लहर आउँछ भनेर हतार गर्न नहुने बताउनुभएको छ । संक्रमण दर केही बढ्ने वित्तिकै तेस्रो लहर आयो भनेर गलत प्रचार गर्न नहुने उहाँले बताउनुभयो । नेपालमा अहिले नै तेस्रो लहर नआउने उहाँको दाबी छ । दोस्रो लहर निम्त्याउनमा भूमिका खेलेको डेल्टा भेरिएन्ट नै अहिलेसम्म कायम रहेकाले तेस्रो लहरको जोखिम अहिले नै नरहेको उहाँको ठहर छ । बीचमा अन्य कुनै भेरियन्ट अफ कन्सर्न नेपाल प्रवेश नगरे तत्काल तेस्रो लहर ननिम्तने उहाँ बताउनुहुन्छ । तर जोखिम भने नटरेको उहाँले बताउनुभएको छ ।

अहिलेको अवस्थामा सरकारले कोरोनाविरुद्धको भ्याक्सिनलाई स्टोर गरेर राख्नुभन्दा खोपलाई महाअभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । भ्याक्सिनहरुले कुनै पनि लहरलाई रोक्न नसके पनि मृत्यु संख्यालाई भने रोक्न सक्ने भएकाले जति सक्दो चाँडो भ्याक्सिनको उपलब्धतालाई नागरिकको पहुचमा पुर्याउनु आवश्यक रहेको उहाँको दाबी छ ।

यस्तै जनस्वास्थविद् डा.शरद वन्तले पनि अहिले नै कोरोनाको तेस्रो लहर नेपालमा देखिने सम्भावना कम रहेको बताउनुभएको छ । सरकारले नागरिकलाई तेस्रो लहर आउन सक्ने भन्दै त्रास सिर्जन गर्न नहुने उहाँले बताउनुभयो । सरकारले आधार प्रस्तुत नै नगरी तेस्रो लहर आउन सक्छ भन्नु गलत रहेको उहाँको भनाइ छ । तर तेस्रो लहर आउन सक्दैन भन्नुको अर्थ जोखिम नै हटेको भन्ने बुझ्न नहुने उहाँको दावी छ ।

अहिले कोरोनाको दोस्रो लहर नै नसकिएकाले यसको संक्रमणको चेनलाई ब्रेक गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । तर तेस्रो लहर कतिबेला र कस्तो प्रकृतिको आउँछ भन्ने कुरा हाम्रो व्यवहारमा निर्भर रहने उहाँको दावी छ ।

यस्तै स्वास्थ्यविद् डा प्रभात अधिकारीले पनि अहिले तत्काल कोरोनाको तेस्रो लहर नेपालमा नआउने बताउनुभएको छ । केहि संक्रमण दर बढेको भए पनि तेस्रो लहर भने तत्काल नआउने उहाँको दावी छ । अहिले दोस्रो लहर कायम नै रहेकाले दोस्रो लहरकै रुपमा केही संक्रमण दर बढ्न सक्ने र मृत्यु संख्या पनि केही बढ्न सक्ने उहाँको तर्क छ ।

यता स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहोनीले भने संसदको शिक्षा तथा स्वास्थ्य समितिमा असोजको १५ देखि कात्तिकभित्रमा नेपालमा तेस्रो लहर आउन सक्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत ५ महिनाको कोरोना संक्रमण हेरेर उक्त प्रतिवेदन तयार पारेको उहाँको तर्क छ । जसमा एक व्यक्तिले कति जनालाई संक्रमण गर्न सक्छ, मान्छेहरुको गति कस्तो छ , मास्कको उपयोग कस्तो छ भन्ने जस्ता कुराहरुलाई आधार बनाएर उक्त प्रतिवेदन तयार पारेको उहाँको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!