बैदेशिक पोष्ट
२०८३ बैशाख ८, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बजारमा सिटामोल अभाव !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ ५, २०७८ ०८;१५ बिहान प्रकाशित
बजारमा सिटामोल अभाव !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ ५ गते । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो ।
कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भन्नुभयो, “पाँचवटा पसल चहारेपछि बल्ल बल्ल छैटौँ पसलमा सिटामोल एकपत्ता पाइयो ।” उहाँलेजस्तै सरोज उपकारेटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै आउनुपरेको बताउनुभयो ।

बजारमा सिटामोल पाइरहेको छैन भन्ने हल्ला आफूले पनि सुनेको तर त्यो सबै सत्य हुन नसक्ने दाबी औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले गर्नुभयो । उहाँले भन्नुभयो, “चरम अभाव नै भएको भन्दा पनि पहिलेभन्दा बजारमा सिटामोल कम भएको हुनसक्छ ।” कोभिड क्राइसिसका कारण उद्योगीहरूले कच्चा पदार्थ पाउन नसकेकाले निजी कम्पनीको उत्पादन कम भएको केसी सुनाउनुहुन्छ । विभागमा पछिल्लो समय सिटामोलको नयाँ मूल्य निर्धारण गर्नुपर्ने विषयमा दबाब र बहस दुवै चलिरहेको छ तर महामारीको समयमा सिटामोलको मूल्य बढाउँदा न्यायसङ्गत नहुने भएकाले त्यो कार्य तत्कालका लागि रोकिएको उहाँले जानकारी दिनुभयो ।

सङ्कट धान्ने प्रयास
सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सिटामोलको पुनः उत्पादन थालेपछि सहज र सस्तो मूल्यमा आम नागरिकले सिटामोल पाउने अपेक्षा गरिएको थियो तर अधिक उत्पादनका लागि विविध समस्या रहँदा नेपालका सम्पूर्ण माग धान्न सक्ने गरी सिटामोल उत्पादन गर्न नसकिएको त्यहाँका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताउनुभयो । यस संस्थामा आएको तीन महिनापछि सिटामोलको पुनःउत्पादन सक्रिय पारिएको उहाँले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिले बल्ल तल्ल हप्ताको एक ब्याच उत्पादन हुन्थ्यो, अहिले दुई दिनको तीन ब्याच सिटामोल उत्पादन हुन्छ । एक ब्याचमा तीन लाख २० हजारवटा सिटामोल हुन्छ । त्यस्तै जीवनजल पनि दुई दिनको एक ब्याच उत्पादन हुँदै आएको छ । जीवनजल एक ब्याचमा १२ हजार थान रहन्छ ।” सिटामोल र जीवनजल सरकारले देशका हरेक कुनामा निःशुल्क पु¥याउनुपर्ने व्यवस्था गरेको छ । आफ्नै स्वामित्वको उद्योगले सबै आवश्यक उत्पादन गर्न नसक्दा निजी उद्योगसँग खरिद गरेर त्यो पूर्ति गरिँदै आएको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपाल औषधि लिमिटेडले सबै माग धान्ने गरी उत्पादन गर्न नयाँ मेसिनसहित कच्चा पदार्थ आउने बहुपक्षीय मार्ग अवलम्बन गर्नुपर्ने महाप्रबन्धक सफिउल्लाहले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “हाम्रो मेसिनको क्षमता कम छ, त्यसले अप्ठ्यारो पारेको छ, अर्को कुरा कच्चा पदार्थको मूल्य वर्तमान स्वास्थ्य सङ्कटकै अवस्थामा पनि चारगुणा बढेको छ ।”
उहाँका अनुसार प्रतिकिलो २८० रुपियाँ पर्ने कच्चा पदार्थको मूल्य यतिबेला एक हजार १५० रुपियाँ पुगेको छ । यस्तो अवस्थामा पनि उद्योगले सङ्कट टार्नका लागि भारतबाट थोरै थोरै मात्रामा भए पनि कच्चा पदार्थ निरन्तर खरिद गरेर उत्पादन गरिरहेको छ । वैकल्पिक कच्चा पदार्थका लागि चीनबाट पनि खरिद गर्न सकिन्छ तर टेन्डरलगायतका प्रक्रियामा दुई महिना लाग्ने गर्छ । त्यसैले पनि सहज नभएसम्मका लागि भारतबाटै ल्याउने क्रम जारी राखेको उहाँले स्पष्ट पार्नुभयो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!