बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपचारका लागि विदेश जान नपर्ने, नेपालमै सबै सुविधा पाउँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ ५, २०७८ १२;१० मध्यान्ह प्रकाशित
उपचारका लागि विदेश जान नपर्ने, नेपालमै सबै सुविधा पाउँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चितवन, भदौ ५ गते । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।

मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।

निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उहाँको भनाइ छ ।

सबैभन्दा बढी बिरामी जाने भारतमा हुने अधिकांश उपचार यहीँ हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “९५ प्रतिशतले अहिले नेपालमै उपचार गर्दछन् ।” विश्वमा दक्षिण एसिया र दक्षिण एसियामा नेपाल उपचारमा सबैभन्दा सस्तो भएको जनाउँदै उहाँले अस्पतालजन्य क्षेत्रमा रु तीन खर्बभन्दा बढी निजी क्षेत्रले लगानी गरिसकेको बताउनुभयो ।

अङ्ग प्रत्यारोपणमा नेपालमा सफलता मिलेकाले उहाँले मिर्गौला प्रत्यारोपण भारतमा भन्दा आधा सस्तोमा यही हुने गरेको जानकारी दिनुभयो । सरकारले निजी क्षेत्रलाई अत्याधुनिक उपकरण खरिदमा भन्सार र करमा छुट गरिदिएमा अझै गुणस्तरमा सुधार गर्न सकिने उहाँको भनाइ छ ।

उत्पादन भएको मुलुकबाट सोझै उपकरण ल्याउन पाएमा अस्पताललाई सहज हुने जनाउँदै उहाँले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेमा विदेशबाट यहाँ उपचारका लागि आउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएका छौँ ।” पहिलेदेखि नै बाहिर उपचार गरिरहेका अहिले पनि जाने गरेको भन्दै उहाँले नयाँ पिँढी कम मात्रै उपचार गर्न जाने गरेको बताउनुभयो ।

ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल उपनिर्देशक एवं स्पाइनल विभाग निर्देशक डा विनोद बिजुक्छे स्पाइनलसम्बन्धी विश्वमा हुने जुनसुकै शल्यक्रिया र उपचार आफूले गर्न सक्ने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामीसँग आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्ति छ ।” स्पाइनल सर्जन डा बिजुक्छेले मेरुदण्ड सिधा बनाउनेदेखि जटिल प्रकृतिका शल्यक्रिया आफ्नो नेतृत्वको समूहले गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्पाइनलसँग सम्बन्धित जुनसुकै शल्यक्रिया र उपचार अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने गरी हामीले गर्न सक्छौँ ।” यहाँ हुने उपचार भारतका कम अस्पतालमा मात्रै हुने उहाँको दाबी छ । भारत, थाइल्याण्ड, सिङ्गापुरलगायतका देशका अस्पतालमा पाइने स्वास्थ्य सेवा नेपालमै उपलब्ध हुने बिजुक्छेको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने भारतमा हुने सबै खालको उपचार यहीँ हुने बताउनुहुन्छ । नेपालबाट ६० प्रतिशत क्यान्सरका बिरामी र ४० प्रतिशत अङ्ग प्रत्यारोपणका बिरामी भारतलगायतका देशमा जाने गरेकामा पछिल्ला दिनमा यहीँका अस्पतालमा उपचार गर्ने गरेको उहाँले बताउनुभयो । कतिपय व्यावसायिक संस्थाले कमिसनका नाममा बिरामी विदेश पठाउने गरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, “मैले फलानो देशमा यो अस्पतालमा उपचार गरेँ भनेर देखाउनका लागि विदेश जाने केही वर्ग छ ।” क्यान्सर रोगको पहिचान गर्ने पेटस्क्यान भित्र्याउन र सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएमा कुनै पनि बिरामी उपचारका लागि विदेश जान नपर्ने उहाँको भनाइ छ । आफ्नो मेडिकल कलेजमा राजधानी काठमाडौँदेखि विभिन्न जिल्लाबाट बिरामी आउने गरेका जनाउँदै उहाँले नेपालको शुल्कमा अन्यत्र कहीँ पनि उपचार सम्भव नभएको बताउनुभयो । अङ्ग प्रत्यारोपणदेखि क्यान्सरको उपचार पनि नेपालमा सम्भव भएको जनाउँदै उहाँले सरकारले सरकारी र निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको ठूलो लगानी भएकाले उपचार र स्वास्थ्य शिक्षाका लागि बाहिरिने ठूलो धनराशि रोक्न पनि राज्यले पहल गर्नुपर्ने उहाँको भनाइ छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!