हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।
यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् । धेरैजसो मानिस शरीरबाट निस्कने यस्ता आवाजलाई वास्तै गर्दैनन् । तर शरीरबाट निस्कने यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । यसमा ध्यान नदिँदा समस्या बढ्न सक्छ ।
शरीरबाट निस्कने यस्तो प्रकारको आवाज कुन स्वास्थ्य समस्याले हुन्छः
घुर्नु
कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । धेरैजसोले घुर्ने बानीलाई बेवास्ता गर्दछन् तर यो एक रोगको संकेत हो । मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्न सक्छ ।
जोर्नीको आवाज
जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ ।
पेट कराउने
पाचन प्रक्रियामा गडबड हुदाँ पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ ।
बंगाराबाट आवाज
खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।
नाकबाट सिट्ठी बजे जस्तो आवाज
रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो हुनुमा श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।
कान बज्नु
कहिलेकाँही कानमा पानी वा कुनै कुरा छिरे आवाज आउन सक्छ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउनसक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउनसक्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-