बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २९, २०७८ ०७;४२ बिहान प्रकाशित
कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ जटिल रोग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : कोरोना संक्रमणको बेला घरभित्रै सीमित ८ वर्षीय सुशान्त सुवेदीको स्कुल फेरिएको छ। संक्रमणअघि काठमाडौंको निजी स्कुलमा पढ्थे। अहिले धादिङ, गंगाजमुनास्थित सरकारी स्कुलमा पढ्छन्। कक्षा ३ मा अध्ययनरत छोरालाई स्कुल पठाउँदा अभिभावकको मुहारमा चिन्ता छाउँछ। बुवा नेत्रबहादुर भन्छन्, ‘स्कुल नपठाउँदा पढाइ झन् बिग्रन्छ। पठाउँदा पनि संक्रमण हुन्छ कि भन्ने डर छ।’ स्कुलमा साथीहरू खाजा बाँडेर खाने हुन् कि, भौतिक दूरी कायम नगर्ने हुन् कि भन्ने भय रहिरहने उनले सुनाए।

स्थानीय तहले विद्यालय भवन एवं परिसर निर्मलीकरण गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ। विद्यालयसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार, स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार (फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कोठा आदि) को व्यवस्था गर्नुपर्छ। त्यस्तै स्वास्थ्य र सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर तथा विद्यालय आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्नुपर्छ।

डिजिटल संसारमा सक्रिय रहेका बालबालिका झोला बोकेर स्कुल जान थालेका छन्। तर, केन्द्र र स्थानीय सरकारको फरक–फरक नीति र निर्णयले स्कुल खुलेपछि अभिभावकहरू ढुक्क हुन सकेका छैनन्। नेपालमा कोरोनाबाट ५४ हजारभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन्। नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राईका अनुसार शिशुभन्दा स्कुल जाने उमेरका बालबालिका संक्रमणको जोखिममा छन्। अभिभावकबाट बालबालिकामा सर्ने जोखिम रहेकोमा अब साथीहरू र शिक्षकबाट पनि कोरोना संक्रमण हुन सक्ने डा. राई बताउँछन्। मुलुकमा पहिलो लहरमा १९ वर्षमुनिका २० हजार ८ सय ६४ जनामा कोरोना भयो। जसमध्ये १०–१९ वर्षका १७ हजार ७ सय ५८ छन्।

त्यस्तै ५–९ वर्षको उमेर समूहका ३ हजार ७ सय २३ जन्मेदेखि चार वर्ष उमेर समूहका २ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणबाट पहिलो लहरमा ३८ जना बालबालिकाको ज्यान गएको थियो।

किन जोखिममा छन् ?
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन्। ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने। नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन्। ‘ठूला व्यक्ति संक्रमणसँग जुधेका छन्। उनीहरूमा एन्टीबडी बनिसकेको छ,’ डा. राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन्। त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ। त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आकलन गरिएको छ।’

विद्यार्थी चढ्ने बस र विद्यालयमा पनि भौतिक दूरी पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। जोखिम अवधिभर सामूहिक क्रियाकलाप गराउन नहुने डा. प्याकुरेलले बताए।

पूर्वाधार र जनशक्ति
समाजका अध्यक्ष राईका अनुसार, अहिले एक जना बाल रोग विशेषज्ञले झण्डै २० हजार बालबालिकालाई उपचार गर्नुपर्ने अवस्था छ। सम्भावित संक्रमणको तयारीका क्रममा बालबालिकालाई केन्द्रित गर्नुपर्छ।

पूर्वाधार र खोपको व्यवस्था
स्वास्थ्य मन्त्रालयका अनुसार, सरकारी र निजी अस्पतालमा गरी ४ सय ४८ जना बाल रोग विशेषज्ञ तयारी अवस्थामा छन्। स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाका निमित्त निर्देशक डा. प्रकाश बुढाथोकी भन्छन्, ‘यो जनशक्ति पर्याप्त होइन। एमडीजीपी गरेका चिकित्सक, मेडिकल अफिसर, क्रिटिकल केयर नर्सिङ तालिम लिएका स्वास्थ्यकर्मीले पनि सेवा गर्न सक्ने गरी तालिम दिएका छौं।’ बालबालिकाको उपचारका लागि ८ सय ५८ जना तालिमप्राप्त नर्सहरू तयारी अवस्थामा रहेको डा. बुढाथोकीले जानकारी दिए। बालबालिकालाई लक्षित गरी १ करोड डोज खोप ल्याउने तयारीसमेत गरिएको छ। उनले भने, ‘चार महिनाभित्र खोप लगाउन सुरु गर्ने आशामा छौं।’ १२ वर्षभन्दा तलको उमेर समूहमा अहिलेसम्म खोपको व्यवस्था नभएकाले जोगाउने चुनौती छ। संक्रमणको जोखिम उच्च भएका स्थानमा विद्यालय खोल्न नहुने डा. बुढाथोकीको सुझाव छ।

के छ चुनौती ?
जनस्वास्थ्यको मापदण्ड पालना गराउने पहिलो चुनौती छ। त्यस्तै उपचारका आवश्यक जनशक्ति न्यून रहेको र त्यो पनि सहरकेन्द्रित रहेकाले व्यवस्थापनमा चुनौती देखिएको छ। मुलुकमा एक मात्र केन्द्रीय बाल अस्पताल छ। बाल चिकित्सक समाजका अध्यक्ष डा. राईकाअनुसार बालबालिकाको लागि शय्या र उपकरणको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ। भेन्टिलेटर पनि छुट्टै चाहिन्छ। जनशक्तिको पनि अवस्था न्यून छ। ‘भेन्टिलेटर दाताले सहयोग गर्ला। बेड पनि बनाउला। चिकित्सक र नर्सको व्यवस्थापन कसरी गर्ने ?’ उनले प्रश्न गरे।

एमबीबीएस उत्तीर्ण चिकित्सक, स्टाफ नर्स र स्वास्थ्य सहायकहरू अस्थायी रूपमा नियुक्त गर्नुपर्ने डा. राईको सुझाव छ। विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवद्र्धन गर्ने विद्यालय बनाउने संकल्प गरेका छन्। नेपालले आयोजना गरेको कार्यकारी समितिको वार्षिक बैठकमा सदस्य राष्ट्रहरूले महामारीको दौरान पनि सुरक्षित तरिकाले विद्यालयहरू सञ्चालन गर्नुपर्ने आवश्यकताका बारेमा पनि विचार विमर्श गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!