बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के हो अल्जाइमर्स ? कसरी जोगिने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
अशोज ५, २०७८ १२;०४ मध्यान्ह प्रकाशित
के हो अल्जाइमर्स ? कसरी जोगिने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डाै – आज विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ मनाइँदैछ । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन् । यो रोग लागे पछि बिस्तारै बिस्तारै मस्तिष्कका कोषहरु मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ।

६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ । अल्जाइमर्स सम्बन्धी एक अध्ययन अनुसार विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई यो रोग लागेको हुन्छ । मृत्युको कारणहरू मध्ये यो रोग सातौँ कारण हो । पछिल्लो समय यो रोग लाग्नेको सङ्ख्या बढ्दै गएकाले अल्जाइमर्स हुनेको सङ्ख्या सन् २०५० सम्ममा झण्डै १५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ । यो रोग लाग्न नदिन सन्तुलित खानपान, स्वास्थ्य परीक्षण, योग, ध्यान, व्यायाम र मनोपरामर्शमा विशेष ध्यान दिनु पर्दछ ।

भिटामिन ‘बी’ नियमित सेवन गरे, डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या समाधान गरे, लागू औषधको प्रयोग र जाँड रक्सी खान छोडे यो रोग लाग्ने जोखिम कम हुन्छ । सरकारले यो रोगबाट पीडित भएकाहरुलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता गर्दै आएको छ ।

यस्तै, संशोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक पाँच हजार रुपैयाँ सहायता दिने व्यवस्था पनि गरिएको छ । सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि विश्व अल्जाइमर्स दिवस मनाउन सुरु भएको हो ।

के हो अल्जाइमर्स ?
अल्जाइमर्स मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरूकता, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मा उत्साह कमी हुँदै जाने रोग हो । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । ६५ वर्षमाथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ ।

यसका लक्षणहरू
– स्मरण शक्तिको ह्रास आउने, दैनिक जीवनयापनमा कठिनाइ, खास गरी भर्खरैको घटनाहरु र व्यक्तिका नामहरू समेत बिर्सने ।
–तर्क गर्ने क्षमता हराउनु र सामान्य समस्याहरू पनि समाधान गर्न नसक्नु ।
– सामान्य काम गर्न पनि असमर्थ हुनु ।
– समय तथा स्थानको ज्ञान हराउँदै जानु।
– आँखाले देखेका कुराहरू नचिन्नु ।
–टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु ।
–कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेट्नु ।
– सामानहरू कता राखे भन्ने बिर्सनु ।
– स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।
– घरायसी तथा व्यावसायिक क्रियाकलापबाट विमुख हुनु ।
– व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

के गर्ने ?
भिटामिन ‘बी’ नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या, लागुऔषधिको प्रयोग र धेरै जाँड रक्सी पिउनेलगायतका कारण यो रोग लाग्ने खतरा हुन्छ । यस्ता कुलत समयमै छोड्नु पर्छ ।

यस्तै समयमै उच्च रक्तचापको उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम गर्नु यो रोगबाट बच्न सकिन्छ । खानपिनमा विशेष ध्यान दिने । पोषण तत्त्वहरूको कमी हुन नदिनु यो रोगबाट बच्ने उपाय हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!