बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाली समयले किन हामीलाई खुसी बनाइरहेको छैन ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
अशोज ५, २०७८ १३;३३ मध्यान्ह प्रकाशित
खाली समयले किन हामीलाई खुसी बनाइरहेको छैन ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । केही मानिसहरु आफ्नो खाली समयको प्रत्येक क्षण उपयोगी बनाउन चाहन्छन् भने कतिलाई चाहिँ खाली बस्न मनै पर्दैन । यसको अर्थ के हामीले खाली समयमा रमाइलो गर्नै बिर्सिएका हौँ त ? खाली समयलाई हाम्रो कडा परिश्रमको उपहार पनि मान्ने गरिन्छ । हामीले जति धेरै मेहनत गर्‍यौँ त्यहीअनुसार जीवनमा रमाइलो पनि गर्नुपर्छ भन्ने मान्यता अधिकांशमा हुन्छ । प्रायः मानिसहरु लामो समय काम गरिरहँदा त्यही खाली समयकै पर्खाइमा हुन्छन् । जति धेरै खाली समय त्यति नै जीवन स्तरमा सुधार आउने पुरानो विश्वास रहँदै आएको छ ।

तर हालैको नयाँ अध्ययनले यस्तो खाली समय हुनु र त्यो समयमा के गर्ने भन्ने निर्णय लिनु व्यक्तिका लागि अत्यन्तै तनावपूर्ण हुन थालेको देखिएको छ ।

कतिपय मानिसहरुमा खाली समयको राम्ररी फाइदा उठाउन अधिकतम दबाब हुने गर्दछ । सो समयमा के गर्ने भनेर धेरै भन्दा धेरै रिसर्च गर्ने, उत्साह कायम राख्ने र उत्तिकै पैसा खर्च गर्न उनीहरु तत्पर हुन्छन् । तर अध्ययनका अनुसार त्यही मज्जालाई अधिकतम स्तरमा पुर्‍याउनुपर्ने दबाबले खाली समयको आरामपूर्ण र रमाइलो पक्षमा रोकावट ल्याउने गरेको पाइएको छ ।

अझ कतिपयम मानिसहरुलाई त खाली समय रमाइलो गरेर बिताउनै चुनौतीपूर्ण हुन्छ । विशेषगरी धेरै पारिश्रमिक दिने जागिर भएकाहरु जो उत्पादकत्वलाई प्राथमिकतामा राख्छन्, उनीहरुले खाली समयमासमेत कामबाट पूर्ण रुपमा मुक्त भएर खाली समयको मज्जा उठाउन सक्दैनन् । त्यस किसिमको स्ट्रेस उनीहरुको मानसिक स्वास्थ्यका लागि अत्यन्तै खराब हुन्छ ।

यसरी मानिसहरुले खाली समयलाई हेर्ने दृष्टिकोणका कारण नै उनीहरु यसलाई रमाइलो मानेर बिताउन सक्दैनन् । खाली समयप्रति मान्छेको बदलिँदो धारणा बिस्तारै समस्याजनक बन्दै गएको विज्ञहरु बताउँछन् ।

‘लिजर’ अर्थात खाली समयको अर्थ समयसँगै बदलिरहेको युनिभर्सिटी अफ कुबेकका प्रोफेसर ब्राड एअन बताउँछन् । “यत्तिका वर्षसम्म खाली समय सम्बन्धी एक मात्र समान कुरा भनेको यसलाई सधैँ कामको ठीक विपरीत रुपमा लिइन्छ । दुई हजार वर्ष अगाडि काम र लिजरलाई क्रमशः सेवा र स्वतन्त्रताका रुपमा हेरिन्थ्यो । जस्तै प्राचिन ग्रिसमा श्रमिकहरुले दास समान काम गर्नु पर्दथ्यो भने समाजका धनाढ्य वर्गहरु चाहिँ लिजरमा अरु नै गतिविधिमा व्यस्त हुन्थे । त्यस समय राम्रोगरी खाली समय बिताउनु भनेको खेल खेल्नु, संगीत सिक्नु, पढेलेखेका साथीहरुसँग वादविवाद गर्नु या दर्शनशास्त्र अपनाउनु रहेको थियो । त्यो बेलाको खाली समय सजिलो थिएन तर यसलाई सन्तोषजनक कार्य मानिन्थ्यो ।”

एओनका अनुसार पछि रोमनहरुले लिजरलाई अझ धेरै कामका लागि तयारी गर्ने समयका रुपमा हेर्न थाले । र औद्योगिक क्रान्तिको समयमा यो बदलाव उल्लेखनीय रुपमा लागू हुन सुरु भयो । १८०० को दशकसम्म आइपुग्दा लिजरले व्यक्तिको सामाजिक स्तरको संकेत दिनेमा समेत ठूलो परिवर्तन आयो । किनकि धनीहरुले अब खाली समय पहिले जसरी खेलेर, पढेर, सिकेर होइन कि केही नगरी बिताउन थाले ।

बोस्टन युनिभर्सिटीकी असोसिएन प्रोफेसर एनत केइननले समयको सांकेतिक महत्व सम्बन्धी धेरै रिसर्च गरेकी छन् । र उनका अनुसार अहिलेको युगमा ‘खाली समय नहुनु’ लाई शक्तिशाली चिह्नका रुपमा लिइन्छ । जस्तै ट्विटरमा सेलिब्रेटीहरुले नम्र रुपमा तर गर्वका साथ आफूसँग खाली समय नै नभएको भनेर पोस्ट गरिरहेका हुन्छन् ।

यसमा जो सँग लिजरमा खर्च गर्न सबैभन्दा धेरै पैसा हुन्छ उनीहरु नै खाली समय नराखी दिनरात काम गरिरहेका हुन्छन् । जस्तै शैक्षिक रुपमा अत्याधिक सफल व्यक्तिहरु ः डाक्टर, सर्जन, वकिल, कार्यकारी प्रमुखहरु प्रायः लामो समयसम्म काम गनुपर्ने ठाउँमा हुन्छन् ।

एअन भन्छन्, “जसले आफूसँग खाली समय नभएको गुनासो गरिरहेका हुन्छन् उनीहरु सबैभन्दा धनी र शिक्षित हुन्छन् । यसले पनि जीवनमा रमाइलोको महत्वमाथि प्रश्न उठाएको छ कि सफल हुनका लागि हामीले हर क्षणलाई उत्पादक बनाउनैपर्छ ?”

अर्थशास्त्री डेनिअल हेमरमेसका अनुसार अहिले हाम्रो खरिद गर्ने र वस्तु एवम् सेवाको मज्जा उठाउने क्षमता यति धेरै बढेको छ तर त्यसका लागि हामीसँगको समय भने कम हुँदै गएको छ ।

उनी भन्छन्, “हिजोआज सबैलाई के महसुस हुन्छ भने खाली समयमा रमाइलो गर्दा हामीसँग भएको पैसा र हरेक मिनेटको अधिकतम सदुपयोग गर्नुपर्छ । त्यसैले हामीले अझ राम्रो होटल, अझ राम्रो अनुभव पाउन धेरै रकम धेरै समय खर्च गर्छौँ । र उच्च स्तरको लिजर अनुभवका पछाडि त्यसरी भाग्दा यसले रमाइलोपनलाई पनि तनावपूर्ण बनाइदिन सक्छ । किनकि धेरै अपेक्षा राख्दा त्यो वास्तविकतासँग जुध्न जान्छ ।” त्यस्तै सामाजिक संजालले पनि लिजरको समय उत्पादनशील काममा खर्चिनुपर्छ भन्ने सोच व्याप्त बनाइरहेको छ ।

प्रयोगकर्ताहरुले आफूलाई कुनै म्याराथोनमा दौडिरहेको या हिमाल चढेको जस्ता उत्पादनशील गतिविधि मात्र देखाएर पोस्ट गर्ने गर्दछन् । विगतमा मानिसहरुले लक्जरी सामान र अनुभव पोस्ट गर्दै पैसा देखाउने गर्दथे । तर अहिले चाहिँ मानिसहरुले एकदम अर्थपूर्ण र उत्पादनशील गतिविधिमा लिजर समय बिताइ आफ्नो बहुमूल्य समयको सदुपयोग गरेको धाक लगाउने गर्दछन् ।

यता लिजर मन नपराउने मानिसहरु पनि उत्तिकै हुन्छन् । कति मानिसहरुले चाहेर पनि खालि समयमा रमाइलो गर्नै सक्दैनन् । उनीहरुले खालि भएको समयमा समेत उत्पादनशील काम नै गरेर ‘लिजरलाई नै ह्याक’ गर्ने गर्दछन् । जस्तै बिहान दौडिदा उपयोगी पोडकास्ट सुन्ने या समय बर्बाद नगर्न ‘दुई गुणा स्पिडमा नेट्फ्लिक्स शो हेर्ने’ गर्दछन् । यसरी खाली समयमा समेत कामकै तनाव कामकै दबाब बोकेर बस्नेहरुले खुलेर आनन्द लिन नसकेको पाइन्छ ।

अझ केही मानिसहरु त समय खाली नै नराख्ने पनि गर्दछन् । जस्तै अमेरिकामा केबल १४ प्रतिशतले मात्र दुई हप्ताको लगातार छुट्टी लिने गरेका छन् भने ५४ प्रतिशत कर्मचारीले छुट्टीको समय कहिल्यै प्रयोग नै नगर्ने गरेको पाइएको छ । लिजर भनेको ‘समयको खेर फाल्नु मात्र हो’ भनेर बुझ्नुले पनि यस किसिमको समस्या गराइरहेको छ । लिजरसँग सम्बन्धित नकारात्मक बुझाइ र धारणाले मान्छेमा कम खुसी र बढी एन्जाइटी अनि स्ट्रेस पैदा गर्ने गरेको पाइएको छ ।

यस किसिमको विचारबाट मुक्त हुन हामीलो खाली समय बिताउँदा ‘मैले यस्तो गर्नैपर्छ’ या ‘मेरो समय बर्बाद भइरहेको छ’ भनेर नसोचि बिताउनुपर्छ । विशेषगरी ‘गर्नैपर्छ’ भन्ने मानसिकता राख्दा हामीले लिजरमा कहिल्यै रमाइलो गर्न सक्दैनौँ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!