नयाँ स्मार्टफोन किन्ने कुरामा कहिले पनि हतार गर्नु हुँदैन। समय लिएर र फोन किन्नु अगाडि केही जरुरी कुराहरुमा ध्यान दिएर मात्रै अगाडि बढ्नुपर्छ। स्मार्टफोनको स्पेसिफिकेशन सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यसैले फोन किन्दा स्पेसिफिकेशनमा ध्यान दिनु अति आवश्यक हुन्छ।
ब्रान्डलाई खासै धेरै महत्व नदिए पनि फरक पर्दैन तर स्पेसिफिकेशनमा भने अवश्य पनि ध्यान दिनुपर्छ। स्पेसिफिकेशन बाहेक पनि केही यस्ता कुराहरु छन् जसलाई ध्यान दिएर स्मार्टफोन किन्याैं भने हामीले आफ्नो निर्णयमा धेरै पछुताउनु पर्दैन।
के हुन् त यी कुराहरु, आउनुस् जानाैं:
प्रोसेसर
- फोनमा प्रोसेसर सबैभन्दा महत्वपूर्ण हुन्छ। यसका बारेमा राम्ररी अध्ययन गरेर मात्र फोन किन्नुहोस्।
- बजारमा क्वालकम, मिडियाटेक, एप्पल, एक्जिनोसजस्ता कम्पनीका प्रोसेसरहरु उपलब्ध छन्।
- प्रोसेसरको चिप साइज कस्तो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।
- चिपको साइज जति सानो भयो उसको प्रदर्शन पनि त्यति नै राम्रो हुन्छ।
- चिपको साइज नानो मीटर वा एनएम मा नापिन्छ। चिपहरु १२ एनएम, ८ एनएम, ७ एनएम, ५ एनएम जस्ता साइजहरुमा उपलब्ध हुन्छन्।
रिफ्रेश रेट
- डिस्प्लेको रिफ्रेश रेटका बारेमा पनि जान्नु आवश्यक हुन्छ।
- फोनहरुमा ६०, ९०, १२०, १४४ देखि लिएर ४८० हर्जसम्का रिफ्रेश रेटका डिस्प्ले उपलब्ध हुन्छन्। रिफ्रेश रेट बढी हुँदा फोनमा एप अन्य सामग्री खुल् कम समय लाग्छ।
- रिफ्रेश धेरै भएको डिस्प्लेमा गेम खेल्दा वा अन्य उच्च ग्राफिक भएका कामहरु गर्दा सहज हुन्छ।
- फोनको रिफ्रेश रेटबाहेक रेजोल्यूशनमा पनि ध्यान दिनु आवश्यक हुन्छ।
- ६ इन्चको स्क्रीन भएको स्मार्टफोनका लागि एचडी रेजोल्यूशनको साटो फुल एचडी अर्थात् ७२० पिक्सेलको सट्टा कम्तीमा पनि १०८० पिक्सेलको रेजोल्युशनलाई राम्रो मानिन्छ।
- लेटेस्ट अपरेटिङ सिस्टम भएका फोन किन्नु राम्रो हुन्छ।
- हाल विश्वका अधिकांश स्मार्टफोनमा दुई ओटा चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड तथा आईओएस राखेको पाइन्छ।
- एन्ड्रोइड गुगलको हो भने आईओएस एप्पलको हो।
- एन्ड्रोइडमा भन्दा आईओएस डिभाइसमा बढी सुरक्षाको प्रत्याभूति दिइएको पाइन्छ।
डिस्प्ले
- एलईडी डिस्प्लेमा ब्राइटनेस धेरै हुन्छ।
- एमोलेड प्यानलले ब्याट्री कम खपत गर्छ र यसमा रंगहरु पनि निकै उत्कृष्ट देखिन्छ।
- एलईडी तथा एमोलोडमा तुलना गर्ने हो भने एमोलेडलाई राम्रो मानिन्छ।
र्याम तथा स्टोरेज
- ठिक्क मूल्यको स्मार्टफोन किन्दा कमसेकम ६४ जीबीको स्टोरेज भएमा राम्रो मानिन्छ।
- मध्यम स्तरका स्मार्टफोनमा १२८ जीबी तथा फ्ल्यागशिप स्मार्टफोनहरुमा२५६ जीबी स्टोरेज हुनुपर्छ भन्ने मान्यता छ।
- फोनमा धेरै समय गेम खेलिन्छ या धेरै प्रकारका एपहरु लगातार चलाइन्छ भने त्यस्ता फोनमा र्याम अलि बढी हुनु आवश्यक हुन्छ।
- बजेट स्मार्टफोनमा प्रयोगका आधारमा ४ देखि ६ जीबी र्यामलाई स्ट्यान्डर्ड मान्ने गरिएको छ।
- महगा फोनमा १२ जीबीसम्मका र्याम दिइएका हुन्छन्।
क्यामरा
- क्यामरा हेर्दा त्यसको मेगापिक्सेल तथा ज्यादा लेन्स धेरै भएको आधारमा राम्रो मान्नुहुँदैन।
- क्यामराको सेन्सर साइज, अपर्चर, शटर स्पीड तथा फोनको प्रोसेसरका हिसाबले कुन क्यामरा उत्कृष्ट हो भन्ने छुट्टिन्छ।
- फोन किन्ने बेला क्यामरासम्बन्धी यस्ता कुराहरुमा पनि ध्यान पुर्याउनु आवश्यक हुन्छ।
ब्याट्री
- सामान्यतया ४००० एमएएचभन्दा बढी क्षमताको ब्याट्री राम्रो मानिन्छ।
- फास्ट चार्जर सपोर्टयुक्त स्मार्टफोनलाई प्राथमिकता दिनुहोस्।
प्रतिक्रिया लेख्नुहोस्:-