नोकियाले गत साता भारतीय बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘नोकिया सी–३०’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत ‘नोकिया सी–३०’ ल्याएको हो, जुन नोकियाको सस्तो फोनको सूचिमा परेको छ।
बजेट फोन ‘नोकिया सी–३०’मा ६.८२ इन्चको एचडी प्लस डिस्प्लेसहित ड्रप नोच छ। यो स्मार्टफोनमा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको सेकेन्डरी क्यामरा छ। यसको अगाडितिर भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।
यो फोनमा अक्टाकोर यूनिसक एससी ९८६३ए चीप छ। साथै यो दुई फरक र्याम र आन्तरिक स्टोरेजमा उपलब्ध छ। यो ३ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज र ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेजमा पाइन्छ।
‘नोकिया सी–३०’मा भएको ६ हजार एमएएचको ब्याट्रीले १० वाटको फास्ट चार्जिङ समर्थन गर्छ। कम्पनीका अनुसार यसमा फिंगरप्रिन्ट स्क्यानर र फेस रिकग्निसन टेक फिचरपनि छ।
यो स्मार्टफोन सेतो र हरियो रङमा उपलब्ध छ। भारतीय बजारमा ३ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज भएको ‘नोकिया सी–३०’को मूल्य दश हजार नौ सय ९९ भारु छ। यसैगरी ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ११ हजार नौ सय ९९ भारु तोकिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-