बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैज्ञानिकले पत्ता लगाए मानिसको उचाइ बढाउने ‘ब्रेन सेन्सर’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
कार्तिक २२, २०७८ ०८;३० बिहान प्रकाशित
वैज्ञानिकले पत्ता लगाए मानिसको उचाइ बढाउने ‘ब्रेन सेन्सर’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । मानिसको उचाइ बढ्ने र चाँडै युवा अवस्थामा पुग्नेबारेको रहस्यलाई मानिसको दिमागको एक सेन्सरमार्फत् व्याख्या गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

पोषणमा भएको सुधारका कारण २० औं शताब्दीमा बेलायतीहरुको औसत उचाइ ३.९ इञ्च (१० सेन्टिमिटर) बढ्दा अन्य देशका मानिसको औसत उचाइ वृद्धि ७.८ इञ्चसम्म हुन्थ्यो । तर यथार्थमा यो कसरी हुन्छ भन्ने रहस्य मानिसको बुझाइभन्दा बाहिरको विषय थियो ।

बेलायतका अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानबाट मांशपेशीलाई बलियो बनाउने र लामो समयसम्म उचाइ बढाउनका लागि औषधी बनाउन बाटो खुल्न सक्नेछ । राम्रो खानपान र खानामा भरपर्दो पहुँच भएका मानिस छिट्टै अग्लो र परिपक्व हुन्छन् भन्ने कुरा वैज्ञानिकहरुलाई धेरै पहिलेदेखि नै थाहा थियो ।

जस्तै उदाहरणका लागि गरीबबाट विकसित मुलुक बनेपछि दक्षिण कोरियाका वयस्क मानिसहरुको उचाइ पहिलेको तुलनामा बढेको पाइएको थियो । दक्षिण एसिया र अफ्रिकाका धेरै भागमा मानिसहरु अझै पनि सय वर्षअघिको तुलनामा हल्का अग्लो मात्र भएको पाइएको छ ।

‘धेरै बच्चा जन्माउनुहोस्’
यो पहिला नै थाहा भएको कुरा हो कि हाइपोथलामस भनिने मस्तिष्कको एउटा भागसम्म खानाबाट संकेत जाने गर्दछ, जसले मस्तिष्कलाई शरीरको पोषण स्वास्थ्यको बारेमा जानकारी गराउँदछ र शरीरको वृद्धिलाई गति दिन्छ ।

विज्ञान र अनुसन्धानसम्बन्धी पत्रिका ‘नेचर’मा यसबारे नयाँ अध्ययन प्रकाशित भएको छ । यो अनुसन्धान क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकहरुको नेतृत्वमा गरिएको थियो । लण्डनको क्विन मेरी विश्वविद्यालय, ब्रिस्टल विश्वविद्यालय, मिसिगन विश्वविद्यालय र भेन्डरविल्ट विश्वविद्यालयका टोलीले पनि यस अनुसन्धानमा सहयोग गरेका थिए ।

यस अनुसन्धानको माध्यमबाट यो प्रक्रिया पछाडिको कारण बन्ने रिसेप्टर पत्ता लगाइएको छ । यसलाई ‘एमसी३आर’ भनिन्छ । यो रिसेप्टर खाना तथा यौवनका साथै शरीरको उचाइ बढाउनका लागि महत्वपूर्ण कडी बन्ने गर्दछ ।

यस अनुसन्धानका लेखक तथा क्याम्ब्रिजका प्रोफेसर सर स्टिफन ओराहिलीले भने, ‘यसले शरीर राम्रो अवस्थामा छ, शरीरमा पर्याप्त भोजन छ, त्यसैले छिटो बढ, छिटो जवान बन र धेरै बच्चा जन्माऊ भन्ने कुरा बताउँछ ।’
उनी अघि भन्छन्, ‘यो जादु मात्रै होइन, यो कस्तो हुन्छ भन्नेबारे पूरा खाका हामीसँग छ ।’

कसरी यस्तो हुन्छ ?
जब मानिसको मस्तिष्कमा रहेको रिसेप्टरले सामान्य ढंगले काम गर्दैन त्यस्तो अवस्थामा मानिसको उचाइ कम हुन जाने तथ्य फेला परेको अनुसन्धानकर्ताहरु बताउँछन् । साथै अन्यको तुलनामा त्यस्ता व्यक्ति ढिलो गरी जवान हुने गरेको पाइएको छ ।

टोलीले यूके बायोबैंक (आनुवंशिक तथा स्वास्थ्य तथ्यांकको डाटाबेस) सँग रहेका करिब ५ लाख स्वयंसेवकहरुको आनुवंशिक श्रृङ्खलाको अध्ययन गरेको थियो र अध्ययनको क्रममा निश्कर्ष सही भएको पुष्टि गरेको थियो ।

अनुसन्धानमा धेरै बालबालिकाको जीनमा म्यूटेसन (उत्परिवर्तन) देखा परेको थियो । जसले उनीहरुको मस्तिष्कमा भएको रिसेप्टरलाई बाधा पु¥याएको थियो । त्यस्ता सबै बालबालिकामा जीनको प्रभाव सानै उमेरमा देखिन थाल्यो र ती बालबालिकाका कद होचो र तौल पनि कम थियो ।

अनुसन्धान टोलीले एकजना यस्तो व्यक्ति पनि भेटे जसको एमसी३आर जीनको दुवै प्रतिमा उत्परिवर्तन भएको फेला थियो । यो परिवर्तन अत्यन्त दुर्लभ र हानिकारक छ । उक्त व्यक्ति निकै होचो थियो भने यौवनमा आउने शारीरिक परिवर्तन पनि २० वर्षपछि मात्रै आउन सुरु भएको थियो ।

यस्तो परिवर्तन मानिसमा मात्रै हुन्छ भन्ने होइन । अनुसन्धानकर्ताहरुले यसका लागि मुसाहरुमा पनि अध्ययन गरे । अध्ययनको क्रममा जनावरमा पनि यस्तो परिवर्तन हुन्छ भन्ने पुष्टि गरे ।

यस अनुसन्धानले बालबालिकामा अवरुद्ध शारीरिक वृद्धि र धेरै ढिलो गरी युवावस्थामा प्रवेश हुने जस्ता समस्याको समाधानमा सहयोग पु¥याउनुका साथै गम्भीर रोग भएका र दुब्ला बालबालिकाको मांशपेसीको विकासमा पनि मद्दत गर्न सक्छ ।

प्रोफेसर ओरहिलीले भने, ‘भविष्यको अनुसन्धानले बिरामी व्यक्तिहरूको शारीरिक क्षमता सुधार गर्न एमसी३आर सक्रिय गर्ने औषधिहरु प्रयोग गरेर मांशपेशी बलियो बनाउन सकिन्छ ।’

वैज्ञानिकहरुले पहिले नै एउटा मस्तिष्क रिसेप्टर पहिचान गरिसकेका थिए, जसले भोकलाई नियन्त्रण गर्दछ । यसलाई एमसी४आर भनिन्छ । यसको कमी भएका मानिसहरू प्रायः मोटा हुन्छन् ।

के मानिस अग्लिइरहन सक्छन् ?
मानिसको उचाइ बढ्ने पनि एउटा सीमा हुन्छ । मानिसको त्यतिबेलासम्म उचाइ बढिरहन्छ, जतिबेलासम्म उसँग आनुवंशिक क्षमता हुन्छ । यो क्षमता कति हुन्छ ? यसको तय गर्न स्वास्थ्य र भोजनजस्ता कारकको अत्यधिक महत्वपूर्ण प्रभाव रहन्छ ।

गरिब परिवारका बालबालिकाले पनि पर्याप्त मात्रामा खाना र क्यालोरी पाएमा आफ्ना आमाबुबा र हजुरबुबा हजुरआमाले वंशानुगत रुपमा प्राप्त गरेको उचाइ (अग्लो) मा पुग्न सक्दछन् । अग्ला मानिसहरु सामान्यतया धेरै बाँच्छन् र उनीहरुलाई मुटुको समस्या हुने सम्भावना निकै कम हुन्छ । साथै यस्ता मानिसहरुले धेरै आयआर्जन गर्ने सम्भावनासमेत हुन्छ ।

तर मानिसको उचाइ सधैं बढिरहन सक्दैन । अन्य धेरै युरोपेली देशहरु जस्तै बेलायतका मानिसहरुको औसत उचाइ पछिल्लो शताब्दीमा बढेको पाइएको छ । तर विगत १० वर्षले अब औसत उचाइ नबढ्ने संकेत गरेका छन् ।

पछिल्लो शताब्दीमा संसारमा दक्षिण कोरियाली महिला र इरानी पुरुषको उचाइ सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । नेदरल्याण्डमा जन्मिने पुरुषहरु संसारमै सबैभन्दा बढी शारीरिक उचाइ भएका (१८२.४ सेमी) छन् ।

एकै समयमा सबैभन्दा होचा व्यक्तिहरु ग्वाटेमालामा जन्मिएका महिलाहरू हुन् जसको उचाइ १४० सेन्टिमिटर रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!