बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सेक्समा कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
कार्तिक २३, २०७८ २०;५७ मध्यान्ह प्रकाशित
सेक्समा कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो!
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी := हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ ।

तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको सट्टा किताब पढ्न रुचाउँछन् ।

कामवासना र यौन सम्बन्धलाई तपाईंले यसरी पछ्याउनुको कारण के हो भने, यतिखेर तपाईंको निम्ति त्यही सबैभन्दा परम सुख हो । यदि तपाईंलाई कसैले “यो गलत हो, त्यसलाई त्याग” भन्छन् भने, के तपाईं त्यसलाई त्याग्नुहुन्छ र ? तर, यदि तपाईंले त्योभन्दा उच्च आनन्द चाख्नुभयो भने, तपाईंलाई कसैले त्यो कुरा त्याग्न भनिरहनु पर्ला र ? त्यो आफैँ छुट्नेछ ।

अत: तपाईंले अलिकति समय केही आवश्यक कार्यहरूमा खर्चिनुपर्ने हुन्छ, जसले गर्दा एउटा विशाल सम्भावना तपाईंको निम्ति यथार्थ बन्नेछ । जब तपाईं कुनै विशाल चिज अनुभव गर्नुहुन्छ, जसले तपाईंलाई निकै बढी सुख दिन्छ, परम–आनन्दमा पुऱ्याउँछ, तब स-साना सुखहरू स्वतः छुट्नेछन् । तपाईंले त्यसलाई त्याग्नुभएको हुँदैन; कुरा यत्ति हो कि तपाईं अब त्यो काम गर्नुहुन्न, किनकि तपाईंले आफ्नो निम्ति निकै विशाल कुरा पाउनुभएको छ ।

यो कुरा तपाईंको जीवनका कयौँ पक्षहरूमा घटेका छन् । तपाईं बच्चा छँदा जुन चिजहरू पूरै संसार बराबर लाग्दथे, ती सबै छुटेर गए किनकि तपाईंले यस्तो कुरा पाउनुभयो जुन तपाईंको निम्ति पहिलेको भन्दा उच्च थियो । यहाँ पनि सोही कुरा लागू हुन्छ । जब तपाईं कुनै यस्तो चिजको सम्पर्कमा आउनुहुन्छ, जसमा असाध्यै तिव्रता छ, जसले तपाईंलाई निकै बढी सुख वा भनौँ परम–आनन्द दिन्छ, तब यी यावत् कुराहरू आफैँ जानेछन् ।

कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो । फोस्रो र बेतूकको नैतिकताले गर्दा नै मानिसहरू यौन र त्यससम्बन्धी विषयहरूमा अत्यधिक लिप्त भएका हुन्, किनकि उनीहरू त्यसलाई जबर्जस्ती छोड्न खोजिरहेका छन् । जब तपाईं पुरुष वा स्त्री भन्नुहुन्छ, त्यो एउटा सानो शारीरिक भिन्नता मात्र हो, जसद्वारा खास प्राकृतिक प्रक्रिया पूरा गर्न सकिन्छ । हामीले शरीरको एउटा भागलाई किन यति धेरै महत्त्व दिइरहेका छौँ ? वास्तवमा, शरीरको कुनै पनि भागलाई त्यस हदसम्मको महत्त्व दिन जरूरी छैन । तर, यदि शरीरको कुनै भागलाई त्यस हदसम्म महत्त्व दिनु नै छ भने, दिमाग त्यसको लागि योग्य हुनेछ, यौन अङ्गहरू होइनन् ।

दुर्भाग्यवश, सबैथोक उल्टो भइरहेको छ, किनकि जताततै बकम्फुसे पाठहरू पढाइँदैछ, “तपाईं पवित्र हुनुपर्छ, तपाईंले यसको बारेमा सोच्नुहुँदैन ।” यस्तै मूर्खतापूर्ण शिक्षाहरूले मानिसहरूको दिमाग भरिएको छ अनि उनीहरू पूरै भद्रगोल बनेका छन् । जीवन वास्तवमा जस्तो छ, यसलाई मानिसहरूले त्यही रूपमा हेर्ने हो भने, कामवासना आफ्नो उचित ठाउँमा रहने थियो— तपाईंको जीवनमा एउटा सानो स्थान ओगट्ने थियो, यति विशाल पक्ष बन्ने थिएन । त्यो त्यसरी रहनुपर्छ । हरेक प्राणीमा यो त्यसरी नै रहेको हुन्छ ।

जनावरहरू जतिबेला पनि त्यसको बारेमा सोचिरहँदैनन् । जब उनीहरूमा त्यसको आवश्यकता हुन्छ, त्यो व्यक्त हुन्छ । अरू समयमा उनीहरू निरन्तर यो विचारमा फस्दैनन् कि को भाले हो, को पोथी हो ? मानिसहरू मात्रै त्यसमै अल्झिरहेका छन् । एक पलको लागि पनि उनीहरू त्यसलाई छोड्न सक्दैनन् । यसको कारण के हो भने, जीवनसँग सरोकार नै नराख्ने वाहियात नैतिकता र मूर्खतापूर्ण शिक्षाहरू उनीहरूभित्र घुसेका छन् ।

जीवन जस्तो छ, यसलाई त्यही रूपमा हेर्न सकेको भए, अधिकांश मानिसहरू छोटो समयमै त्यसबाट बाहिर निस्किने थिए । कयौँ मानिसहरू त्यसमा नफसिकनै त्यसबाट बाहिर निस्किन सक्छन् । जीवनलाई अनुपयुक्त ढङ्गले हेरिएकोले सबैथोक विकृत भएको छ अनि बढाइ–चढाइ गरिएको छ, कुरा त्यत्ति हो । त्यसो नभएको भए, तपाईंले देख्नुहुने थियो कि मानिसहरूको आबादीको ठूलो हिस्सालाई यी सबै कुराहरूमा रुचि नै हुने थिएन अथवा उनीहरूमा कहिलेकाहिँ मात्र त्यसप्रति रुचि हुने थियो— मानिसहरूको जीवनमा कामवासना त्यति बढी महत्त्वपूर्ण हुने थिएन, जति अहिले छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!