बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
मंसिर २०, २०७८ ०७;४९ बिहान प्रकाशित
ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी। कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्। दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ।

तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्।

ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ?
सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ। प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट – जस्तै, डेल्टा वा ओमिक्रोन – पनि किटान गर्न सक्छन्। केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ।

संयुक्त राज्य अमेरिका विश्वमा पीसीआर परीक्षण गरिने सङ्ख्यामा अग्रपङ्क्तिमा आउँछ। त्यसपछि यूके, रुस, जर्मनी, इटाली र दक्षिण कोरियामा धेरै मात्रामा पीसीआर परीक्षण हुन्छ। भारतको हकमा परीक्षणको लागि पठाइएको कुल नमुनाको एक प्रतिशत मात्र डेल्टा वा ओमिक्रोनजस्ता भेरिअन्ट किटान गर्न प्रयोग हुन्छ।

ओमिक्रोन विश्वभरि फैलिएको कसरी थाहा हुन्छ?
ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीन सीक्वन्सिङ‘ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ।

यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित रहेको पुष्टि गरेको छ। भाइरसको आनुवंशिक तत्त्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिअन्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्त्वपूर्ण हुन्छन्।

यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै सङ्क्रमणहरू पहिचान भएका छैनन्। कोभिडका कारण २४ घण्टामा ‘शून्य’ मृत्यु, ओमिक्रोन दक्षिण अफ्रिकामा पुष्टि भएका ओमिक्रोन सङ्क्रमितमध्ये झन्डै ९० प्रतिशत एउटै प्रान्तका मानिस हुन्।

प्रारम्भिक रूपमा यो भेरिअन्ट यूरोपमा फैलिएको हुनसक्छ। पोर्चुगल, नेदरल्यान्ड्स, र यूके प्रत्येक देशमा एक दर्जनभन्दा बढी सङ्क्रमित फेला परेका छन्। यद्यपि यी सङ्ख्याले कुन देशमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण बढी छ भनेर जनाउँदैनन्। बरु कुनकुन देशले छिट्टै यसको पहिचान गरे भन्ने सङ्केत गर्छन्।

घरमै गर्न सकिने आरडीटी विधिको परीक्षणले कुन भेरिअन्टको सङ्क्रमण छ भन्ने किटान गर्दैन। तर सङ्क्रमण छ वा छैन पहिल्याउन यो विधिलाई प्रभावकारी मानिन्छ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ। यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्।

दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्। दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका छन्। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन्।

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ‘बूस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ।

ओमिक्रोन र अन्य भेरिअन्टबीच कस्तो भिन्नता छ?
ओमिक्रोन भेरिअन्टमा अहिलेसम्म नदेखिएका र अन्य भेरिअन्टमा भएका उत्परिवर्तहरू देखिएका छन्। तीमध्ये अधिकांश उत्परिवर्तनहरू भाइरसको सतहमा देखिने स्पाइक प्रोटीनमा छन्।

अहिले उपलब्ध खोपहरूले स्पाइक प्रोटीनलाई नै लक्षित गर्छन् र अहिलेको मुख्य चुनौती यही हो। विशिष्टीकृत परीक्षणहरूमा ओमिक्रोनमा ‘एस-जीन ड्रपआउट’ भनिने आनुवंशिक जानकारी भेटियो जसले यो भेरिअन्ट पत्ता लगाउन सहज हुने देखियो। तर सबै एस-जीन ड्रपआउट भाइरस ओमिक्रोन हुँदैनन्। ओमिक्रोन निर्क्योल गर्न जीन सीक्वन्सिङ नै गर्नुपर्छ।

जीन सीक्वन्सिङको भूमिका के हो?
भाइरसको आनुवंशिक संरचना भेरिअन्ट पत्ता लगाउनका लागि महत्त्वपूर्ण छ। आनुवंशिक तत्त्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिअन्टको सङ्क्रमण छ भन्ने पहिल्याउन सक्छन्।

यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारे मात्र जानकारी दिन्छ। तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ सङ्क्रमणको कति अनुपात नयाँ भेरिअन्ट हुन सक्छ भन्ने आकलन गर्छन्। यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपङ्क्तिमा छन्। त्यसैले यी देशमा धेरै सङ्क्रमितमा ओमिक्रोन पुष्टि भएको छ। तर यो नयाँ भेरिअन्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन।

ओमिक्रोनबारे हामीलाई के थाहा छ?
यस भेरिअन्ट कस्तो व्यवहार गर्छ र कति जोखिमपूर्ण छ भन्नेबारे निकै कम जानकारी छ। यो भेरिअन्ट कति सजिलै फैलिन्छ वा अन्य भेरिअन्टको तुलनामा यसले मानिसहरूलाई थप बिरामी बनाउँछ वा पहिले सोचिएकोभन्दा खोपको असर कम हुन्छ भन्नेबारे अन्योल कायम नै छ। झट्ट हेर्दा यो चिन्ताजनक नै देखिन्छ र देशहरूले पनि अप्रिय परिस्थिति नआओस् भने चाँडै प्रतिक्रिया जनाइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!