काठमाडौँ:= अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताउनु भयो ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो । चलन चल्तिमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको डब्लुएचओले जनाएको छ ।
अरू विज्ञहरूले समीक्षा नगरेको दक्षिण अफ्रिकामा गरिएको अध्ययनका अनुसार फाइजर खोप कोभिडको सुरुवाती स्ट्रेनसँग तुलना गर्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी हुन सक्छ । ओमिक्रोन भेरिअन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-