स्वस्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण भएको जनाएको छ । कोभिड १९ संक्रमितको जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित ती वृद्ध होम आइसोलेसनमा रहेको उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।
यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।
अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-