काठमाडौं । नेपालमा अहिले कोभिड १९ का सक्रिय संक्रमितको संख्या झन्डै पाँच हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ, जसमध्ये काठमाडौंका तीन जिल्लामा मात्रै एकहजार ९३८ रहेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला अहिले संक्रमणको जोखिमका हिसाबले रेड जोनमा छन् ।
काठमाडौंमा ८११, भक्तपुरमा ५०९ र ललितपुरमा ६१८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । नेपालमा हालसम्म रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र बाजुरा कोभिड फ्रि जिल्ला बनेका छन् भने सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी ५ सयसम्म रहेको छ ।
यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा कम रहेको मन्त्रालयको तथ्यांक छ ।
प्रतिक्रिया लेख्नुहोस्:-