काठमाडौं: सरकारले रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए।
उनका अनुसार होटेल, फिल्म हल, क्लब, पार्कलगायतका ठाउँमा खोप कार्ड अनिवार्य गरेको हो। त्यस्तै माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्नुका साथै सार्वजनिक स्थालमा भीडभाड गर्न रोक लगाएको छ भने राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-