बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

४० प्रतिशत नागरिक ओमिक्रोन संक्रमित हुनसक्ने सरकारको प्रक्षेपण

समयमै ओमिक्रोन नियन्त्रण गर्न नसके चुनौतिपूर्ण अवस्था आउनसक्ने चेतावनी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
पुस २८, २०७८ १५;१५ मध्यान्ह प्रकाशित
४० प्रतिशत नागरिक ओमिक्रोन संक्रमित हुनसक्ने सरकारको प्रक्षेपण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या तीव्र गतिमा बढेपनि महामारीको तेस्रो लहर सुरु भएको स्वीकार गरेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ । ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पनि अझै संक्रमितको सङ्ख्या तीव्रगतिमा बढ्न सक्ने बताए । नेपालमा हालसम्म २७ जना कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । यद्यपि एक सातायता भेटिएका संक्रमित मध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ ।

संक्रमितमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले समयमै ओमिक्रोनको रोकथाम गर्न नसकेको खण्डमा चुनौतिपूर्ण अवस्था सृजना हुनसक्ने रातोपाटीलाई बताए । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा तुलनात्मक रुपमा संक्रमितको सङ्ख्या पनि बढ्दै गएको उनले बताए । अस्पतालमा पिसिआर परीक्षण गर्ने, उपचार गर्न आउने बढेका भएपनि गम्भीर खालका बिरामीको चाप भने नरहेको उनको भनाइ छ ।

​खोप लगाउनेको तथ्यांकलाई हेर्ने हो भने हालसम्म ७६.५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा ५६.९ प्रतिशतले लगाएका छन् । यो आधारमा स्वास्थ्य मन्त्रालय संक्रमितको सङ्ख्या बढेपनि जटिल अवस्थाका बिरामीले कम हुने आंकलन गरेको छ । संक्रमित मध्ये ५ प्रतिशतलाई मात्रै स्वास्थ्यमा जटिल अवस्था सृजना हुने सक्ने मन्त्रालयले आंकलन गरेको छ । सरकारले १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई पुस मसान्तसम्ममा कोरोनाविरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

यस्तो छ सरकारको तयारी
कोरोना संक्रमण पहिचान, उपचार र नियन्त्रणका लागि सरकारले यही पुस महिनादेखि आगामी भदौ महिनासम्मका लागि ¥यापिट एक्सन प्लान लागू गरेको छ । मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्राका अनुसार ¥यापिट एक्सन प्लानमा सीमा नाकामा कडाइ र कसरी व्यवस्थापन गर्ने, अस्पतालको व्यवस्थापन र अक्सिजनको सहज उपलब्धताका सम्बन्धमा योजना समेटिएका छन् । यस्तै स्थानीय तहसँग होल्डिङ सेन्टर र आइसोलेशन बनाउन समन्वय गर्ने तथा खोप उपलब्धताका सम्बन्धमा पनि आवश्यक योजना बनाइएको छ ।

उनका अनुसार हालसम्म ५ वटा लिक्विड अक्सिजन प्लान्ट स्थापना भएको छ । ती प्लान्टको अवस्थाबारे पनि ¥यापिड एक्सन प्लान अन्तर्गत राखेर स्वास्थ्य मन्त्रालयले काम गरिरहेको उनले सुनाइन् । मन्त्रालयका अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा स्वास्थ्य पूर्वाधारहरुको सुधार गरिएको थियो ।

अब ओमिक्रोन भेरियन्टसँग जुध्नका लागि आइसोलेशन, बेड, एचडियू, आइसियू, भेन्टिलेटर, अक्सिजन, सिलिन्डर, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य पूर्वाधार थप गरिएको छ । जसमा काठमाडौं उपत्यकामा आइसोलेन बेड २४ सय ९४ तयारी अवस्था राखिएको छ भने एचडियू ३२४ वटा, आइसीयू ४४५, भेन्टिलेटर २५४ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालभर ८ हजार २०२ आइसोलेशन बेड रहेको छ । एचडियू बेड ३८ सय ४६ बेड तयारी अवस्था रहेको छ भने आइसीयू २७ सय ९७ वटा छ । यस्तै देशभरका अस्पतालमा भेन्टिलेटर १ हजार ८ वटा छ । अक्सिजन सिलिन्डर १३ हजार ९३९ वटा तयारी अवस्थामा राखिएको छ । अक्सिजन प्लान्ट बढाएर १०७ पु¥याइएको मन्त्रालयको भनाइ छ । अक्सिजन ट्यांकी २५ वटा रहेका मन्त्रालयले जनाएको छ ।

संक्रमण बढ्दै
सरकारले कोरोना महामारीको तेस्रो लहर भनेर घोषणा नगरेपनि पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांक केलाउँदा संक्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ ।

गत बुधबार १२ हजार ४ सय ९८ वटा कोरोना परीक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै, बिहीबार ५४० जनामा संक्रमण पुष्टि भयो भने शुक्रबार संक्रमितको सङ्ख्या बढेर ९६८ जना पुग्यो । यस्तै, शनिबार ९४४ जना संक्रमित हुँदा आइतबार संक्रमितको बढेर ११ सय ६९ पुग्यो भने सोमबार १४ सय ४५ जनामा पुष्टि भएको तथ्यांकमा उल्लेख छ । रातोपाटि बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!