बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निःसन्तान समस्या किन बढ्दैछ ? समाधान के हो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
पुस २९, २०७८ ०८;१३ बिहान प्रकाशित
निःसन्तान समस्या किन बढ्दैछ ? समाधान के हो ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि ? घरमा सासू ससुराले हेला गर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्छ । आफन्त साथीभाइले खुसीको खबर कहिले सुनाउने हो ? भनेर हाँसो मजाक गरिरहँदा उनलाई भक्कानो फुटेर आउँछ । यो पिडाले उनको हरेक खुसीहरू ओझेलमा परेका छन् । सन्तानका प्राप्तिको भएको हरेक प्रयास खेर गइरहँदा उनी दिक्क छिन् ।

अर्को एक ग्यारेज व्यवसायी सञ्जिव (नाम परिवर्तन) छन्, जसको बिहे भएको १० वर्ष भयो तर सन्तान भएन । केही समय श्रीमतीलाई धामीझाँक्री सबैतिर पुर्‍याएर उपचार गरेछन् । तर पनि सन्तान भएन र अन्तिममा अस्पताल पुगे । अस्पतालले श्रीमान्– श्रीमती दुवैको चेकजाँच गरेपछि श्रीमान्को कमजोरीका कारण बच्चा नबसेको रिपोर्ट दियो । त्यो बेलादेखि श्रीमतीले बोल्दैपिच्छे शारीरिक कमजोरीको कुरा झिकेर होच्याउने गर्दिरहिछन् । बच्चा दिन नसके सँगै नबस्ने डिभोर्स दिनुपर्ने भन्दै झगडा गर्दिरहिछन् । सञ्जिव यो समस्याको तत्काल समाधान खोज्दै अस्पताल धाइरहेका छन् ।

उनीहरू प्रतिनिधि पात्र हुन् । सन्तान नहुँदाको पिडा लिएर हिँड्ने यो सहरमा प्रशस्त छन् । निःसन्तानको समस्याले अहिले धेरै दम्पतीलाई सताएको छ । परिपक्व र प्रजनन उमेर भएका दम्पतीबीच समागम हुँदा सन्तान हुने कुरा जैविक विषय हो । तर त्यही सन्तान जन्माउने कुरामा उत्पन्न हुने शारीरिक तथा स्वास्थ्यजन्य समस्याका कारण सिंगो परिवार नै तनावको दलदलमा फसिरहेको हुन्छ । आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक रुपमासमेत सन्तानको आवश्यकता मान्ने नेपाली समाजमा झनै सुसुप्त रूपमा यो समस्या भयावह देखिन्छ ।

बाँझोपनले उत्पन्न हुने सामाजिक र मानसिक समस्यामा समाज जति पिरोलिइरहेको छ समाधानको सरल बाटोको खोजीमा नलागी पीडा पालेर बस्ने वा विस्फोट भएर गलत निर्णय गर्नेहरूको समेत कमी छैन । जसका परिणाम परिवार आज सामाजिक जटिलतामा फस्दै गएको छ । सन्तान नहुने समस्या भएका दम्पतीलाई समाजमै हेयको दृष्टिले हेरिएको छ । तर चिकित्सा विज्ञानले निःसन्तान समस्या गम्भीर प्रकृतिको स्वास्थ्य समस्या नभएको बताउँछ ।

पछिल्लो समय ढिला विवाह गर्ने तथा ढिला बच्चा जन्माउने, असुरक्षित यौन सम्पर्कका कारण असुरक्षित गर्भपतन, जथाभावी गर्भनिरोधक औषधिको सेवन, मोटोपन, असन्तुलित खानपान, मद्यपान, धूम्रपान आदिका कारण बाँझोपनको समस्या बढ्दै गएको वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन् ।

प्राकृतिक रूपमा सन्तान नभए पनि अहिले सहर बजारमा आईभीएफ विधिबाट सन्तान जन्माउन सकिने अस्पतालहरू प्रशस्त खुलेका छन् । सन्तान नभएर निराश भएर बस्नुपर्ने अवस्था छैन । चिकित्सकका अनुसार विवाहित दम्पतीमध्ये करिब १५ प्रतिशतमा निःसन्तानको समस्या हुने गरेको छ । तीमध्ये ८५ प्रतिशतको उपचारबाटै सन्तान हुने र १५ प्रतिशतलाई मात्रै टेस्ट ट्युब बेबी चाहिने डा. अधिकारी बताउँछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ०६९ सालबाट आइभीएफ सेवा सुरु गरेपछि ५ वर्षको अवधिमा १९ ब्याचमा १२९ जनाले सेवा लिएका थिए । र यस्ता आईभीएफ सेन्टर नेपालमा करिब १३ वटा सञ्चालनमा छन् ।

आईभीएफ विधि के हो ?
विवाहित दम्पती एक वर्षसम्म सँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गर्दा पनि गर्भाधान नभए त्यसलाई निःसन्तान समस्या वा बाँझोपन भनिन्छ । सुरुवातमा श्रीमान् र श्रीमतीमा बाँझोपन के– कस्ता कारणले भएको हो अध्ययन गरिने डा. अधिकारी बताउँछन् ।

महिलाको पाठेघरको सुरूवाती अवस्थालाई विस्तृत अध्ययन गरी तयारी गरिन्छ । त्यसपछि महिनावारी हुने बित्तिकै सुई लगाइन्छ र उसको डिम्बाशयलाई हर्माेनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ । जतिबेला डिम्बाशयमा अण्डा परिपक्व हुन्छ, एउटा सुई दिएर ३४ –३५ घण्टापछि अण्डा बाहिर निकालिन्छ यसरी झिकिएको अण्डालाई इन्कुबेटर उपकरणमा वीर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ । त्यहीँ भ्रुणको विकास हुन्छ ।

यदि वीर्यको मात्रा कम छ वा कुनै खराबी भए एउटा मात्र वीर्य डिम्बाशयमा छिराएर भ्रुण विकास गरिन्छ । इन्कुबेटरमा राखिएको भु्रणको ३–५ दिनमा अवस्था हेरिन्छ । विकसित भ्रुणको अवस्था र गुणस्तर हेरेर ट्युबको माध्यमबाट पाठेघरमा राखिन्छ ।

बिरामीलाई आवश्यक औषधी दिएर १४ दिनमा गर्भधारण अवस्थाबारे जाँच गरिन्छ । पहिलो चरणको प्रक्रियामा पाँच वटाभन्दा बढी भ्रुण बनाइन्छ । महिलाको अवस्था हेरेर एक वा दुई वटा भ्रुण पाठेघरमा हाल्ने गरिएको छ । बाँकी भ्रुण सुरक्षित राखिन्छ । यदि पहिलोपटक सफल नभए, अर्काेपटक बाँकी रहेकाबाट पुनः पाठेघरमा हालिन्छ ।

दोस्रो पटक पाठेघरमा भ्रुण हाल्दा सुरुको प्रक्रियामा जानुपर्दैन । प्रयोगशालामा राखिएको भ्रुण राख्ने मात्र हो । अहिलेसम्मको नतिजा हेर्दा यसरी सुरक्षित भ्रुण राख्दा पहिलेको भन्दा प्रभावकारी नतिजा आएको छ । आम रूपमा त्यसमा करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्न नसक्ने चिकित्सकहरू बताउँछन् । सामान्यतः ९२ देखि ९५ प्रतिशत बाँझोपनको शल्यक्रिया र औषधिबाट निको पार्न सकिने भएकाले या चिन्ताको विषय नभएको डा. अधिकारी बताउँछन् ।

निःसन्तानका लागि आईभीएफ सेवा वरदान साबित भएको छ । उमेर भएका युवाहरूमा करिब ८० प्रतिशतले सफलता पाएका छन् । पुरुषको वीर्य र महिलाको अन्डालाई बाहिर ल्याएर प्रस्फुटन गरिने यो प्रविधि नेपालमा पनि सफल भएको चिकित्सकहरुको भनाइ छ । तर निःसन्तानहरूको पिडाको फाइदा केही अस्पतालहरूले प्रशस्त लिएको पाइन्छ । सरकारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमै पनि दुई लाख देखि साँढे दुई लाखसम्म शुल्क लिएको पाइएको छ । निजी अस्पतालहरूले सामान्य जाँचकै शुल्क दुई लाखदेखि सन्तान प्राप्तिसम्म आइपुग्दा पाँच लाख रुपैयाँसम्म असुल गरिएको पाइएको छ । जसको कारण सामान्य आर्थिक अवस्था भएका दम्पतीहरूले यो सेवा लिन सकिरहेका छैनन् ।

कस्तो अवस्थामा महिलामा बाँझोपन किन हुन्छ ?
– महिलाको योनि मार्ग, पाठेघरको मुख, पाठेघरको बनावट, डिम्बवाहिनी नलीको अवस्था ठीक नभएमा
– मधुमेह, अधिक मोटोपना तथा शरीरमा प्रोल्याक्टिनको मात्रा बढी भएमा
– डिम्ब धेरै उत्पादन हुने तर परिपक्व नहुँदा ।
– स्त्री जननेन्द्रियको माथिल्लो भागको सङ्क्रमण र पाठेघरको भित्री तहमा मासु पलाएमा
– पाठेघरको बनावटमा जन्मजात खराबी भए पनि बच्चा हुँदैन ।

उपचार विधि
– डिम्ब उत्पादन र निष्कासनका लागि औषधि प्रयोग गर्न सकिन्छ ।
– औषधिले डिम्ब परिपक्व भएको नभएको यकिन गर्न अल्ट्रासाउन्ड गर्नुपर्छ ।
– डिम्ब परिपक्व भएमा प्राकृतिक रूपमै यौन सम्पर्क राख्ने वा पुरुषको वीर्य निकालेर क्याथेटरको माध्यमबाट पाठेघरमा राख्न सकिन्छ ।
– डिम्बवाहिनी दुवै नली थुनिएको वा शल्यक्रियाबाट पनि नहुने भएमा कृत्रिम गर्भाधान (टेस्ट ट्युब बेबी) मा लाग्न सकिन्छ ।

पुरुषमा बाँझोपनको समस्या कसरी हुन्छ ?
– शुक्रकीट बन्ने प्रक्रिया र वीर्य निष्कासन मार्गमा समस्या आउँदा ।
– योनिमा स्खलन नहुने र शुक्रकीट बनावटमै समस्या आउँदा ।
– अण्डाशय अण्डकोषमा नझर्ने, अण्डकोष सुन्निने भएमा ।
– कतिपय पुरुषमा शुक्रकीट वाहिनी नली नहुने वा शुक्रकीट वाहिनी नली थुनिएको अवस्थामा ।
– लिङ्ग नउठ्ने वा उत्तेजित नहुने, पिसाब खुल्ने प्वाल सही ठाउँमा भएन भने वीर्य योनिमा जम्मा हुन पाउँदैन ।

उपचार विधि
– यौन रोग, हाँडे, मधुमेह, अण्डकोषमा भएका समस्याको उपचार गर्नुपर्छ ।
– यौन सम्पर्कका दौरान यौनाङ्ग उत्तेजित तथा वीर्य स्खलनसम्बन्धी कुनै समस्या छ÷छैन पत्ता लगाउनु पर्दछ ।
– वीर्य, शुक्रकीटको सङ्ख्या, शुक्रकीटको चाल, बनावट तथा अन्य कुनै पिप वा सङ्क्रमण भए नभएको जाँच गर्ने ।
– रगतमा शुक्रकीट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने हर्मोन अण्डकोषको भिडियो एक्सरे वा अण्डाशयको बायोप्सी जाँच गर्ने ।
– पुरुष ४० वर्ष नाघिसकेका छन् भने चिकित्सकसँग विशेष जाँच गराउनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!